महेन्द्रनगर । ट्याक्टर दुर्घटना हुँदा बझाङमा एक जनाको ज्यान गएको छ । बित्थडचिर गाउँपालिका २ मा ट्याक्टर दुर्घटना हुँदा २३ बर्षीय चालक करन बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त टेयाक्टर सडक बाट ३०० मिटर तल खसेको थियो ।
ट्याक्टर दुर्घटना भएर गम्भिर घाइते भएका बोहराको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । त्यसैगरी सोहि ठाउँका २८ बर्षीय निरज बोहरा घाइते भएका छन । उनको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको जनाइएको छ ।
.gif)