महेन्द्रनगर । नजिकिँदै गरेको तिहार र छठ पर्व मा प्लाष्टिकका फुलमालाको प्रयोग गर्न नपाइने भएको छ । तिहार तथा छठ पर्वमा प्लाष्टिकका फूल, गुच्छा तथा मालाको कारोबार हुने गरेको भन्दै त्यस्ता प्लाष्टिकजन्य फूलमाला तथा सामग्रीको प्रयोग नगर्न वातावरण विभागले सचेत गराएको हो ।
विभागले एक सुचना जारी गर्दै प्लाष्टिकका फूल, गुच्छा तथा मालाको कारोबार नगर्न आग्रह गरेको छ । साथै कसैले नियम विपरित बिक्रि वितरण गरेको पाइएमा वातावरण निरीक्षकबाट १५ हजारदेखि २० हजार रूपैंयासम्म जरिवाना हुने र विभागबाट १ लाख रुपैयाँसम्मको जरिवाना हुने समेत उक्त सुचनामा उल्लेख गरेको छ ।
.gif)