मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

एमाले कञ्चनपुर : विष्ट र थापा प्यानल सहित चुनावी मैदानमा


पश्चिम प्रेस
सोमबार, पुस २६ २०७८
  • 699
    Shares

  • images
    images
    एमाले कञ्चनपुर : विष्ट र थापा प्यानल सहित चुनावी मैदानमा

    महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरको नेतृत्व सहमतिबाट चयन गर्न असफल भएपछि चुनावी प्रक्रिया अघि बढेको छ । अध्यक्षका दुई आकांक्षी सुरेन्द्रबहादुर विष्ट र वीरबहादुर थापा ‘पातल’ बीच सहमति जुट्न नसकेपछि चुनाव हुने भएको हो । अध्यक्ष पदमा विष्ट र पातलबीच प्रतिस्पर्धा हुने भएको छ ।
    एमाले नेताहरुका अनुसार पुरानै कमिटीलाई निरन्तरता दिने प्रयास गरिएपनि सहमति हुन नसकेको हो । अन्य पदमा उम्मेदवारी दर्ता भइसकेको छ । विष्ट पक्षबाट उपाध्यक्ष लक्ष्मी बुढा, सचिवमा पल्लबराज भट्ट तथा उपसचिवमा फैरु तामाङ र कर्णबहादुर चन्दको उम्मेदवारी परेको छ । पातल पक्षबाट उपाध्यक्षमा महेश चन्द, सचिव अशोक चन्द, उपसचिवमा ईश्वरा कुँवर र शेरबहादुर चन्द रहेका छन ।


    प्रतिक्रिया दिनुहोस