महेन्द्रनगर । आज कैलालीको लम्कीमा पुर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ । शुक्रबार बसको ठक्कर बाट प्रहरी हवल्दार नेत्र जैसीको मृत्यु भएको थियो । हवल्दार जैसीको मृत्यु पछि उनका आफन्तहरुले आज पुर्व पश्चिम राजमार्ग अवरुद्ध गरेको हो ।
राजमार्ग अवरुद्ध हुँदा दर्जनौ सवारी साधनहरु रोकिएका छन । लम्कीचुहा नगरपालिका ३ इलाका प्रहरी कार्यालय चिसापानीमा कार्यरत प्रहरी हवल्दार जैसीको बल्चौरदेखि चिसापानी जाने क्रममा शुक्रवार बसले ठक्कर दिँदा मृत्यु भएको थियो ।
.gif)