शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

नवनियुक्त प्रधानमन्त्रीद्धारा एकतामा जोड


सोमबार, कात्तिक ७ २०७९
  • 620
    Shares

  • images
    images
    नवनियुक्त प्रधानमन्त्रीद्धारा एकतामा जोड

    इटालीका नवनियुक्त प्रधानमन्त्री जर्जिया मेलोनीले देशमा एकताका लागि सबै राजनीतिक दल तथा सबै पक्षलाई आह्वान गर्नुभएको छ । देशमा राजनीतिकलगायतका समस्याहरु उत्पन्न भइरहेका बेला उहाँले नयाँ प्रधानमन्त्रीको सपथ लिएसँगै सो आग्रह गर्नुभएको हो । उहाँले शनिबार इटालीको प्रधानमन्त्रीका रुपमा सपथ लिनुभएको थियो । उहाँलाई यहाँका पूर्व प्रधानमन्त्री मारियो द्रागीले एक समारोहका बीच पद हस्तान्तरण गर्नुभएको थियो । सन् २०२१ को जनवरीदेखि द्रागी प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । उहाँ त्यसअघि गभर्नर हुनुहुन्थ्यो ।

    उहाँ केही समयदेखि काम चलाउ प्रधानमन्त्रीका रुपमा रहनुभएको थियो । मेलोनीको प्रजातान्त्रिक दलले हालै सम्पन्न भएको संसदीय निर्वाचनमा २६ प्रतिशतमात्र मत प्राप्त गरेको थियो । तर पनि उहाँलाई प्रधानमन्त्रीका रुपमा नियुक्त गरेर नयाँ सरकार गठन गर्न पूर्व प्रधानमन्त्री दाग्रीले आग्रह गर्नुभएको हो । उहाँ हाल आफ्ना पार्टीका मात्र सदस्य समेटेर सानो सरकार बनाउनुभएको छ र अरु राजनीतिक दलहरुलाई पनि सरकारमा समावेश हुन आग्रह गर्नुभएको छ । उहाँले आइतबार टेलिभिजनमार्फत् देशवासीका नाममा सम्बोधन गर्दै देशमा कैयौँ राजनीतिक समस्याहरु रहेकाले तिनको समाधानका लागि सबै राजनीतिक दल मिलेर सरकार निर्माण गर्नुपर्ने धारणा राख्नुभयो ।




    प्रतिक्रिया दिनुहोस