आइतबार, कात्तिक २३ गते २०८३ || Nov 8, 2026
  • यो साता चर्चामा :

अमेरिकी सभामुखका श्रीमान् माथि हिंस्रक आक्रमण


पश्चिम प्रेस
शनिबार, कात्तिक १२ २०७९
  • 401
    Shares

  • images
    images
    अमेरिकी सभामुखका श्रीमान् माथि हिंस्रक आक्रमण

    अमेरिकी तल्लो सदनका सभामुख न्यान्सी पेलोसीका ८२ वर्षीय श्रीमान्माथि हिंस्रक आक्रमण भएको छ । क्यालिफोर्नियाको सान फ्रान्सिस्कोस्थित पेलेसी निवासमा शुक्रबार बिहानै पसेको आक्रमणकारीले पल पेलोसीलाई आक्रमण गरेर घाइते बनाएको सभामुखका सहयोगी ड्रु ह्यामिलले एक विज्ञप्ति निकालेर जनाएका छन् । आक्रमणकारीलाई हिरासतमा लिइएको तथा आक्रमणको अनुसन्धान भइरहेको छ । अस्पताल भर्ना भएका पललाई शीघ्र स्वास्थ्य लाभ हुने अपेक्षा गरिएको ह्यामिलले बताएका छन् । घटना हुँदा सभामुख पेलोसी सान फ्रान्सिस्कोमा थिइनन् । रासस । 


    प्रतिक्रिया दिनुहोस