शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

दार्चुलामा पवन महरा मृत्यु प्रकरण ; भारतिय पक्षले गल्ती स्वीकार गर्दै मृतकको परिवारलाई १० लाख रुपैयाँ भारु राहत उपलब्ध


पश्चिम प्रेस
आइतबार, कात्तिक १३ २०७९
  • 712
    Shares

  • images
    images
    दार्चुलामा पवन महरा मृत्यु प्रकरण ; भारतिय पक्षले गल्ती स्वीकार गर्दै मृतकको परिवारलाई १० लाख रुपैयाँ भारु राहत उपलब्ध

    महेन्द्रनगर । भारतिय पक्षले महाकाली नदीपारि तावाघाट लिपुलेक सडक चौडा पार्ने क्रममा बम बिस्फोट गराउँदा उछिट्टिएको  ढूंगा लागेर मृत्यु भएका दार्चुलाका व्यास गाउँपालिका ९ वर्षीय बालक पवन महराको मृत्यु भएको घटनामा भारतिय पक्ष ले आफ्नो गल्ती स्विकारर्दै माफि मागेको छ ।

    साथै मृतकका परिवारलार्य १० लाख भारु नगद रुपैँया समेत उपलब्ध गराएको छ । धारचुला–लिपुलेक–कैलाश मानसरोवर सडक खण्डअन्तर्गत नज्याङ–लखनपुर भीरमा भारतीय पक्षले बम विस्फोट गराउँदा बतासिएर वारि तम्बाकुमा आइपुगेको ढुंगा लागेर शुक्रबार बिहान महराको घटनास्थलमै मृत्यु भएको थियो ।


  • सम्बन्धित विषय:

  • # दार्चुला
  • प्रतिक्रिया दिनुहोस