महेन्द्रनगर । संस्कृति,पर्यटन तथा नागरिक उड्डय मन्त्री प्रेम बहादुर आले बुधबार महेन्द्रनगर आउने भएका छन ।
कञ्चनपुरको मझगाउँ विमान स्थलको शिलान्यासका लागि आले महेन्द्रनगर आउन लागेका हुन । बुधवार बिहान ९ बजे विमान स्थलको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।
विमानस्थल निर्माणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले केएस कान्छाराम कन्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको छ । विमानस्थलका भौतिक संरचना र धावनमार्ग बनाउन प्राधिकरणले रु दुई करोड ५१ लाख बजेट विनियोगरिएको छ । विमानस्थल निर्माणमा पर्यटन मन्त्रालयको ५०, प्रदेश सरकारको २५, भीमदत्त नगरपालिकाको १५ र दोधाराचाँदनी नगरपालिकाको १० प्रतिशत गरी रु ४५ करोड ६६ लाख ७१५ रकम व्यहोर्ने सहमति भएको छ ।
.gif)