महेन्द्रनगर । पुर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले महाकाली पारीको दोधारा चादँनी नगरपालिकामा जोगबुढा नदी कटान नियन्त्रण पाँच बर्षमा गर्न नसके अर्को पटक भोट माग्न नआउने बताउनुभएको छ ।
कञ्चनपुर निर्वाचन क्षेत्र नं। ३ बाट बाम–लोकतान्त्रिक गठबन्धनका प्रतिनिधीसभा सदस्यका उम्मेदवार समेत रहेका नेता लेखकले आइतबार दोधारा चादँनी नगरपालिका वडा नं। १० मा आयोजित चुनावी कार्यक्रममा बोल्दै उहाँले आगामी पाँच बर्षभित्र स्थानीय जोगबुढा नदीबाट बस्ती जोखिममा पर्न नदिने प्रतिवद्धता व्यक्त गरेका हुन ।
“हामीलाई जिताएर पठाउनुहोस, यहाँको नदी कटानको समस्या बाध बाधेर जोगाउन सकिएन भने अर्को भोट भोट माग्नै आउँदैन ।” लेखकले भन्नुभयो–“ यहाँको नदी कटान नियन्त्रणका लागि प्रतिवद्धता व्यक्त गर्दछु ।”
दोधारा चादँनीलाई महाकाली नदीमा झोलुङ्गे पुल निर्माण गरेर मुलधारसित जोडेका नेता लेखककै पहलमा यहाँ चार लेनको पक्की पुल निर्माणको अन्तिम चरणमा छ ।
“ सुख्खा बन्दरगाहका लागि अहिलेकै सरकारले बजेट बिनियोजन गरेर यसैबर्षबाट काम अघि बढ्छ ।” उहाँले भन्नुभयो–“ दोधारा चादँनीका हरेक सडक कालोपत्रेलेखि नदी नालामा पुलहरु मै भौतिक पुर्वाधार मन्त्री हुँदा बजेट आएर बनेको अवगत नै छ ।”
.gif)