महेन्द्रनगर । दार्चुलाबाट धनगढी जाँदै गरेको जिप बुढीतोलामा दुर्घटना भएको छ । दार्चुलाबाट धनगढीका लागि छुटेको सुपप्र ००१ ज १२३४ नम्बरको जिप अनियन्त्रित भएर दुर्घटना हुँदा ५ जना घाइते भएका छन ।
सडक किनारामा जिप उल्टो पल्टिदाँ दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर ४ बस्ने ७४ वर्षीया लालीदेवी धामी, सोही ठाउँका १४ वर्षीय अभिशेक ठकुन्ना, ३८ वर्षीय रघुनाथ जोशी, ८४ वर्षीय सन्जु ठगुन्ना र जिप चालक २६ वर्षीय प्रेम धामी घाइते भएको प्रहरीले जनाएको छ ।
.gif)