सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

बैतडीका बिभिन्न मन्दिरहरुमा जात्राको रौनक जारी


पश्चिम प्रेस
सोमबार, कात्तिक १४ २०७९
  • 504
    Shares

  • images
    images
    बैतडीका बिभिन्न मन्दिरहरुमा जात्राको रौनक जारी

    महेन्द्रनगर । बैतडीका बिभिन्न मन्दिरहरुमा जात्राको रौनक जारी रहेको छ । बैतडीको प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा कार्तिक शुक्ल अष्टमी र नवमीका दिन जात्रा लाग्ने गरेको स्थानीयहरुले बताएका छन । त्रिपुरासुन्दरीमा लाग्ने मेलामा नेपालमा मात्रै नभएर भारतीय दर्शनार्थीहरु समेत आउने गरेका छन । त्यसैगरी प्रसिद्ध रौलाकेदार धाममा पनि कार्तिक शुक्ल अष्टमीका दिन जात्रा लाग्ने गर्दछ । यस्तै शिवनाथ गाउँपालिकास्थित शिवनाथ धाममा पनि कार्तिक शुक्ल सप्तमी र अष्टमीका दिन जात्रा लाग्ने गर्दछ ।  पाटन नगरपालिका २ स्थित प्रसिद्ध महारुद्र मन्दिरमा पनि कार्तिक शुक्ल अष्टमीका दिन जात्रा लाग्ने गर्दछ । विभिन्न मन्दिरहरुमा लाग्ने जात्रामा बिभिन्न ठाउँका मानिसहरु समेत शक्तिपिठ देवताहरुको दर्शन गर्न र जात्रा हेर्न टाढाटाढा बाट समेत आउने गरेका छन । 


  • सम्बन्धित विषय:

  • # बैतडी
  • प्रतिक्रिया दिनुहोस