मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

एमाले कञ्चनपुरको नेतृत्व चयनका लागि मतदान जारी


पश्चिम प्रेस
मंगलबार, पुस २७ २०७८
  • 622
    Shares

  • images
    images
    एमाले कञ्चनपुरको नेतृत्व चयनका लागि मतदान जारी

    महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरको नेतृत्व चयनका लागि मतदान जारी छ ।  मतदान साझ ५ बजेबाट सुरु हो । अहिले ७ बजेसम्म १ सय मत खसेको छ । नेताहरुले सहमतिमै नेतृत्व चयनका लागि प्रयास गरेपनि  असफल भएपछि निर्वाचन भएको हो ।
     निर्वतमान अध्यक्ष बीरबहादुर थापा (पातल) र सचिव सुरेन्द्र विष्ट प्यानलसहित प्रतिस्पर्धामा छन । थापा प्यानलबाट उपाध्यक्षमा महेश पन्त, सचिवमा अशोककुमार चन्द र उपसचिवमा शेरबहादुर चन्द उम्मेदवार रहेका छन् । बिष्ट प्यानलको उपाध्यक्षमा लक्ष्मी बुढा, सचिवमा पल्लवराज भट्ट, उपसचिवमा फैरु तामाङ र कर्णबहादुर चन्द चुनावी मैदानमा छन् । कूल ४ सय ९९ मतदाता रहेका छन् ।


    प्रतिक्रिया दिनुहोस