शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

प्रधानमन्त्री देउवा धनगढीमा


पश्चिम प्रेस
बुधबार, कात्तिक १६ २०७९
  • 733
    Shares

  • images
    images
    प्रधानमन्त्री देउवा धनगढीमा

    धनगढी । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा आज अपराह्न धनगढी पुग्नुभएको छ । आसन्न चुनावमा डडेल्धुरा जिल्लाबाट प्रतिनिधिसभा सदस्यका प्रत्यासी कांग्रेस सभापति देउवा चुनावी प्रचारप्रसारका लागि भोलि कात्तिक १७ गते डडेल्धुरा जाने कार्यक्रम रहेको प्रधानमन्त्रीका कानुनी सहयोगी केशवराज जोशीले जानकारी दिनुभयो । 

    उहाँले कात्तिक १७ देखि २० गतेसम्म डडेल्धुराका विभिन्न ठाउँमा हुने चुनावीसभालाई सम्बोधन गर्नुहुने कार्यक्रम छ । उहाँ हेलिकप्टरमार्फत धनगढी पुग्नुभएको हो । देउवा धनगढी उपमहानगरपालिका–४ स्थित आफैँ निजी निवासमा बस्नुभएको छ  ।


  • सम्बन्धित विषय:

  • # धनगढी
  • # प्रधानमन्त्री देउवा
  • प्रतिक्रिया दिनुहोस