शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

प्रधानमन्त्री देउवा गृहजिल्लामा व्यस्त, आज दुई चुनावीसभालाई सम्बोधन गर्ने


पश्चिम प्रेस
शुक्रबार, कात्तिक १८ २०७९
  • 535
    Shares

  • images
    images
    प्रधानमन्त्री देउवा गृहजिल्लामा व्यस्त, आज दुई चुनावीसभालाई सम्बोधन गर्ने

    डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दुईवटा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उहाँले नवदुर्गा गाउँपालिका र गृहपालिका गन्यापधुराको चुनावीसभालाई सम्बोधन गर्दै हुनुहुन्छ ।

    सत्ता गठबन्धनका उमेदवारलाई जिताउनका लागि माहोल तयार पार्न प्रधानमन्त्री देउवा बिहीबारदेखि डडेल्धुरामा हुनुहुन्छ । उहाँले जिल्ला सदरमुकामको चुनावी आमसभालाई बिहीबार सम्बोधन गरिसक्नुभएको छ । प्रधानमन्त्री देउवा यही कात्तिक २२ गतेसम्म जिल्लामा रहनुहुने कार्यक्रम तय भएको छ । उहाँ सातवटा चुनावीसभामा सहभागी हुनुहुने छ । 

    प्रधानमन्त्री देउवाले गठबन्धनका साथै कांग्रेस नेता तथा कार्यकर्तासित भेटघाट गर्ने कार्यक्रम छ । चुनावीसभालाई प्रधानमन्त्री देउवासँगै कांग्रेस केन्द्रीय सदस्य एवं उहाँका धर्मपत्नी डा आरजु देउवा, केन्द्रीय सदस्य नैनसिंह महर, माओवादी केन्द्रका तर्फबाट प्रदेशसभा (क) का उम्मेदवार खगराज भट्ट, प्रदेशसभा (ख) का उम्मेदवार एवं सुदूरपश्चिम प्रदेशका  समाजिक विकासमन्त्री गोविन्दराज बोहरा, नेकपा (एकीकृत समाजवादी)की नेतृ निरा जैरु, जनमोर्चाका नेता नन्दराज भट्टलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको संयुक्त वाम–लोकतान्त्रिक गठवन्धनका चुनावी संयोजक भीमबहादुर साउदले जानकारी दिनुभयो ।

    कांग्रेस डडेलधुराका सभापतिसमेत रहनुभएका साउदका अनुसार प्रधानमन्त्री देउवाले आज बिहान नवदुर्गा गाउँपालिकाको खुनी र दिउँसो गन्यापधुरा गाउँपालिकाको बडाल, कात्तिक १९ गते अजयमेरु गाउँपालिकाको भद्रपुर र भागेश्वर गाउँपालिकाको रुपाल तथा कात्तिक २० गते आलिताल गाउँपालिकाको गोदाम र परशुराम नगरपालिकाको जोगबुढामा गठबन्धनले आयोजना गर्ने चुनावीसभालाई सम्बोधन गर्नुहुनेछ । 


  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री देउवा
  • # गृहजिल्ला
  • # चुनावीसभा
  • प्रतिक्रिया दिनुहोस