शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

एमालेलाई बहुमत आवश्यक छ : ओली


पश्चिम प्रेस
शुक्रबार, कात्तिक १८ २०७९
  • 491
    Shares

  • images
    images
    एमालेलाई बहुमत आवश्यक छ  : ओली

    महेन्द्रनगर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनमा नेकपा एमालेले एक्लै बहुमत ल्याउनुपर्ने बताएका छन । कञ्चनपुरको महेन्द्रनगरमा शुक्रबार साँझ आयोजित चुनावीसभामा उहाँले विकास, शान्ति, जनता र राष्ट्रियताका लागि एक्लै बहुमत ल्याउन आवश्यक रहेको बताए ।
     “विकास, शान्ति, जनता र राष्ट्रियताका लागि एक्लै बहुमत ल्याउन आवश्यक छ अनि मात्रै देशमा विकासको अभियान चल्न सक्छ । ” उनले भने–“विगतमा एमाले पहिलो वा दोस्रो पार्टी भयो तर बहुमत आएन ।”
    उनले २०७४ सालमा एमालेले बहुमत प्राप्त नगरेको बताए । 
     “०७४ मा बमुहत प्राप्त गरेर सरकार चलाउन सकेन भनेर हल्ला हुँदैछ ।”उनले भने–“ ०७४मा प्रत्यक्षतर्फ एमालेलाई १६५ मा ८०, समानुपातिकतर्फ ११० मा ४१ सिट मात्रै आएको हो ।” उनले अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ तीन सिट र समानुपातिकतर्फ १४ सिट बहुमतका लागि अपुग रहेको बताए ।
     त्यसैगरी उनले गठबन्धनलाई कठपुतलीको संज्ञा दिएका छन । “टालाटुली बटुली, कति राम्री कठपुतली ,यो कठपुतली हो ।” उनले भने–“यस्ताबाट सरकार चल्दैन,देश बन्दैन त्यसैले एमालेले बहुमत ल्याउन आवश्यक छ ।” उनले निर्वाचनपछि एमालेको नेतृत्वमा सरकार बन्ने दाबी गरे ।


  • सम्बन्धित विषय:

  • # नेकपा एमाले
  • # केपी शर्मा ओली
  • प्रतिक्रिया दिनुहोस