महेन्द्रनगर । शुक्रबार साझ चुनावीसभालाई समबोधन गर्न नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली महेन्द्रनगर पुगे ।
जब ओली महेन्द्रनगर आउनछन उनको आश्वासन हुन्छ दोधारा चाँदनीमा महाकालीको पानी पुगाउने । ०७४ सालको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार डा.दिपकप्रकाश भट्टको घोषणापत्रमा पनि दोधारा चादनीमा सिचाँईका लागि महाकाली नदीको पानी पुगाउने एजेन्डा थियो ।
अढाई वर्ष ओलीको नेतृत्वमा सरकार हुँदा समेत दोधारा चाँदनीको पानीको विषय कहिले उठेन । शुक्रबार चुनावीसभामा ओलीले पुनः दोधारा चाँदनीमा १० क्युसेक पानी पुर्याइदिने आश्वासन दिए । यस अघि पनि ओलीले पटक पकट दोधारा चाँदनीमा पानी पुगाउने आश्वासन दिने गरेका थिए ।
०७४ को निर्वाचनपछि दुई तिहाई सरकारको नेतृत्व गरेका ओलीले पाँच वर्ष आफ्नो सरकार टिकाउन सकेनन । दुई पटक संसद विघटन गरे । सभालाई सम्बोधन गर्ने क्रममा ओलीले दैजी छेला औद्योगिक क्षेत्र आफुले शिलान्याश गरेर काम अगाडी बढाएको बताए । ओलीले शिलान्याश गरेरको छेला औद्योगिकको कामको प्रगति शुन्य छ । यसको कारण हो
प्रस्तावित औद्योगिक क्षेत्रको जमिनको भोगाधिकार वन क्षेत्रबाट औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा हस्तान्तरण नहुँदै दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास ओलीले गरेका थिए ।
वन क्षेत्रको २ सय ९४ बिघा जग्गा दर्ताका लागि मालपोत कार्यालयमा सिफारिस गर्ने निर्णय भए पनि भोगाधिकार नपाउँदै शिलान्यास भयो । ०७४ को निर्वाचनमा महाकाली अस्पताललाई टिचिङ अस्पताल बनाउने एजेन्डा एमालेको थियो । तर न टिचिङ अस्पताल बन्यो न दिपक भट्ट पुन चुनाव लड्न आए । शुक्रबार ओली फेरि मेडिकल कलेजको सपना देखाए । त्यसैगरी ओलीले महाकाली पुल समेत आफुले बनाएको बताए ।
त्यसैगरी ओली महेन्द्रनगर बजार आधुनिक बजार बनाउनका लागि आफुले बजेट विनियोजन गरेको बताए । महेन्द्रनगर बजार आधुनिक बन्न लागेको एसियाली विकास बैंकको ऋण सहयोगमा हो । सन २०२२ सम्ममा आधुनिक शहर निमार्ण गरिसक्ने लक्ष्य भएपनि भीमदत्त नगरपालिकाले डंपिङ्ग साईटको लागि जग्गा व्यवस्थापन गर्न नसक्दा यो काम रोकिएको । त्यसबेला भीमदत्तका मेयर ओलीकै पार्टीका कञ्चनपुर जिल्ला अध्यक्ष सुरेन्द्र विष्ट थिए । ओली कञ्चनपुर आउँदा हरेक पटक आश्वासन र मात्रै दिने गरेका छन ।
.gif)