महेन्द्रनगर । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी मंसिरमा हुने निर्वाचनपछि कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका छन ।
आईतबार महेन्द्रनगरमा आयोजीत पत्रकार सम्मेलनमा बोल्दै उहाँले यो निर्वाचन सबैका लागि कोसेढुङ्गा साबित हुने बताए ।
“लामो समयदेखी अवरुद्ध विकासलाई गति दिनका लागि पनि कांग्रेसको नेतृत्वमा सरकार बन्न छ ।” उहाँले भन्नुभयो–“विभिन्न रुपमा संविधानको मुल मर्ममाथी प्रहार हुन थाल्यो संविधानको रक्षा गर्नु पनि हाम्रो दायित्व हो ।”
उहाँले निर्वाचनमा कांग्रेसले स्पस्ट बहुमत ल्याउने बताउनुभयो ।“यो निर्वाचनमा कांग्रेसले बहुमत ल्याउन छ कांग्रेसकै नेतृत्वमा स्थायी सरकार बन्छ ।” उहाँले भन्नुभयो–“कांग्रेसको न्युन सिटमा पनि अन्य पार्टीहरुले कांग्रेसकै नेतृत्वको अपेक्षा गरे ।” त्यसैगरी उहाँले कांग्रेसले समानुपातीकमा पनि मत प्रतिशत बढाउने बताउनुभयो ।
“हामीले बहुमत ल्याउनेमा दुईमत छैन निर्वाचनछि देशले स्थानीयित्व पाउँछ ।” उहाँले भन्नुभयो–“गठबन्धनका दलहरुको उदेश्य एउटै भएकाले गठबन्धन गरिएको हो ।”
.gif)