महेन्द्रनगर । कोरोना भाइरसको संक्रमण कायमै रहेकोले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्वाचन केन्द्रित कार्यक्रममा भिभिडभाड गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयले कोभिड–१९ को संक्रमण कायम रहेकाले संक्रमणबाट बच्न भीडभाड कम गर्न र जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको हो ।
निर्वाचन नजिकिए सँगै एक ठाउँमा जमघटहुने कार्य समेत बढी रहेकोले जनस्वास्थ्यका मापदण्डहरु अपनाएर सजग रहन आग्रह गरेको छ । साथै स्वास्थ्य मन्त्रालयले भीडभाड बढी हुँदा अन्य प्रकारका संक्रामक रोगहरू पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले त्यसमा पनि सावधानी अपनाउनु जरुरी रहेको बताएको छ ।
.gif)