महेन्द्रनगर । सुदुरपश्चिमको प्रसिद्ध डडेल्धुराको उग्रतारा भगवती मन्दिरमा आज जात्रा लागेको छ । उग्रतारा मन्दिरमा हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाको राती र दोस्रो दिन दिउँसो जात्रा लाग्ने गर्दछ । खनमडा, छचोडा, दुमडा र जिलोडामा भण्डार रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आई दिउसेडी मेला सुरु भएको उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ । यो जात्रामा डडेल्धुराका मात्रै नभई अन्य जिल्ल का दर्शनार्थीहरु समेत उग्रतारा भगवती मन्दिरमा र्दशन गर्न आउने गर्दछन ।
.gif)