महेन्द्रनगर । गए राती डोटीमा गएको भुकम्पमा परि घाइते भएका दुई जनालाई जिल्ला अस्पताल डोटीले धनगढी रिफर गरेको छ । पुर्वीचौकी गाउँपालिका ३ का ४० वर्षीय चना बोहरा र ५० वर्षीय बिस्ना बोहरा लाई डोटीमा उपचार सम्भव नभएपछि नेपाली सेनाको हेलिकोप्टरबाट धनगढी लगिइएको छ ।
यो पनि पढ्नुहोस् : भुकम्प मापन केन्द्र भन्छ सुदुरपश्चिममा भूकम्पको खतरा छ, सर्तक रहनु
घाइते चना बोहराको छातीमा हावा जम्नुका साथै चारओटा करङ्ग भाँचीएको र घाँटीको हडिड् भाँचीएकोले उनको सिटिस्क्यान गर्नु पर्ने अवस्था रहेको छ , भने बिस्ना बोहराको हात भाँच्चीएको ले डोटीमा उपचार सँभव नभएपछि धनगढीको सेती प्रादेशीक अस्पतालमा लगिएको हो ।
.gif)