मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

फर्केर हेर्दा कञ्चनपुर–३ ,यस्तो छ दलहरुको अवस्था


पश्चिम प्रेस
बिहीबार , कात्तिक २४ २०७९
  • 676
    Shares

  • images
    images
    फर्केर हेर्दा कञ्चनपुर–३ ,यस्तो छ दलहरुको अवस्था

    महेन्द्रनगर । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति नजिकिदै गर्दा दलहरुले प्रचार प्रसार तिब्र पारेका छन । चुनाव आउन १इ दिन बाकि हुँदा चो चौतारोमा यस पटक कस्ले जित्न सक्छ भन्ने चर्चाको आँकलन हुन थालेको छ ।
     आगामी राजनीतिको मियो कतातिर घुम्छ त्यो आगामी निर्वाचनको मत परिणामले नै बताउला । तर, ३ वटा प्रतिनिधि र ६ वटा प्रदेश सभामा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा कुन दलको बलियो पकड छ, भन्ने विषय सन्दर्भमा पश्चिम प्रेसले केही तथ्यगत आधारलाई नियालेको छ ।
     कञ्चनपुरमा २०४८ मा २ वटा निर्वाचन क्षेत्र थिए । त्यसयता, २०५१ पछिका संसदीय निर्वाचनमा ३ वटा क्षेत्र निर्धारण गरिएको थियो । यस क्षेत्रमा २०५१ मा भएको संघीय संसदको निर्वाचनमा नेकपा एमालेका उर्वादत्त पन्त ११ हजार १०० मत सहित विजयी भएका थिए । उनीसँग नेपाली कांग्रेसका नारायणप्रसाद (एनपी) साउद ६ हजार ४५३ मतसहित पराजित भएका थिए । स्वतन्त्र उम्मेदवार मानबहादुर सुनारले ५ हजार ७६९ मत ल्याएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका धर्मराज जोशीले ४ हजार ४२७ र अर्का स्वतन्त्र उम्मेदवार प्रतापराम लोहार २१२ मत ल्याएका थिए ।
     २०५६ मा नेपाली कांग्रेसका रमेश लेखक यो क्षेत्रबाट चुनाव लडे उनले १३ हजार ५२७ मत ल्याएर निर्वाचित भए भने, राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) का इन्द्रबहादुर खत्रीले ८ हजार ३३६ मत ल्याएका थिए । नेकपा एमालेका उर्वादत्त पन्तले ७ हजार ५०३, नेकपा मालेका लिलाध्वज बस्नेतले २ हजार ७८१ मतसहित तेस्रो भए । राष्ट्रिय प्रजातन्त्र पार्टीका पदम ठकुराठीले २ हजार ४९८ सहित पाँचौ दलमा पुग्यो ।
     त्यसपछि २०६४ को संविधान सभा निर्वाचनमा नेकपा (माओवादी) ले आफ्नो पकड जमायो । उक्त निर्वाचनमा नेकपा (माओवादी) का टेकेन्द्रप्रसाद भट्टले १५ हजार ७६ मतसहित विजय हासिल गरे । उनीसँग नेपाली कांग्रेसका बहादुरसिंह थापाले ९ हजार २७३ मतसहित पराजित भए ।नेकपा एमालेका गोविन्दप्रसाद कलौनीले ५ हजार ६६७ मत ल्याएर तेस्रो शक्तिका रुपमा देखा परे । राष्ट्रिय प्रजातन्त्र पार्टीका तीर्थराज चटौतले १ हजार ६५९ मत ल्याए । त्यसबेला राष्ट्रिय जनशक्ति पार्टीका धीरेन्द्रबहादुर डंगौराले १ हजार ५४९ मत ल्याएका थिए । 
     २०७० मा भएको दोस्रो संविधान सभा निर्वाचनमा नेपाली कांग्रेसका बहादुरसिंह थापाले १२ हजार ८३६ मतसहित कांग्रेसको राजनीतिक अस्तित्वलाई जोगाएका थिए । नेकपा एमालेका नरबहादुर धामी ९ हजार ६४३ मत सहित दोस्रो भए । नेकपा (माओवादी केन्द्र) टेकेन्द्रप्रसाद भट्ट ६ हजार ३०० मत ल्याउँदै तेस्रो दल हुन पुग्यो । त्यसबेला, थरूहट तराई पार्टी नेपालकी ईश्वरीदेवी चौधरी ले १ हजार ९३५ मत ल्याएकी थिइन् ।
     यो निर्वाचन क्षेत्रमा अघिल्ला निर्वाचन २०५१ र ०७४ मा नेकपा एमालेले २०५६ र ०७० मा नेपाली कांग्रेसले दुई÷दुई पटक, र २०६४ मा नेकपा माओवादीले एक पटक जित हासिल गरेको थियो । यो क्षेत्रमा यसपटक नेपाली कांग्रेसका केन्द्रिय सदस्य एंव पूर्वमन्त्री तथा रमेश लेखक चुनावी मैदानमा छन ।
     कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँग निकट मानिएका नेता लेखक अघिल्लो प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ मा नेकपा एमालेका डा.दीपकप्रकाश भट्टसँग २५८ मतान्तरले पराजित भएका थिए । भट्टले २६ हजार ३६४ मत प्राप्त गर्दा लेखकले २६ हजार १०६ मत पाएका थिए । विवेकशील साझा पार्टी, नयाँ शक्ति पार्टी नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा, संघीय समाजवादी फोरम नेपाल, नेपाल दलित पार्टी र स्वतन्त्रतर्फका उम्मेदवारले १ हजार ५९ मत ल्याएका थिए ।
     अहिले समय बदलिएको छ । ०७४ मा एमालेलाई सहयोग गरेको माओवादी केन्द्र अहिले कांग्रेसको समर्थनमा छ । एमाले विभाजन भएको छ । विभाजनपछि बनेको एकिकृत समाजवादीले पनि यो क्षेत्रमा नोपली कांग्रेसका उम्मेदवारलाई सघाउने घोषणा गरिसकेको छ ।

    स्थानीयतहको मतमरिणाम हेर्दा
    गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणम हेर्दा कञ्चनपुर–३ मा राप्रपाको साथ पाउदा समेत एमालेलाई सहज छैन ।  यो क्षेत्रमा पर्ने भीमदत्त नगरपालिका,दोधारा चाँदनी नगरपालिका र बेदकोट नगरपालिकाको वडा ८ गरि ३० वडा छन । 
     स्थानीय निर्वाचनमा कांग्रेसले यो क्षेत्रमा पर्ने  तीन स्थानीय तहमध्ये  २ प्रमुख र ३ उपप्रमुख जित्दै पहिलो दल बनेको छ । एमालेले एक मात्र पालिकाको प्रमुखमा जित हात पारेको छ । वडामा पनि कांग्रेस एमालेभन्दा धेरै अगाडि छ । यस क्षेत्रका कुल ३० वडामध्ये कांग्रेसले १४ वटा जितेको छ । दोस्रो हुने एमालेले ८ वटा जितेको छ । त्यस्तै, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समान ३ वटा जित्दै तेस्रो बनेका छन ।नेकपा एकीकृत समाजवादीले र स्वतन्त्रले समान एक÷एक वडा जितेका छन । भीमदत्त नगरपालिका –१३ का वडा अध्यक्ष झक्कास बोहरा स्वतन्त्रबाट विजयि भएपनि उनले पनि कांग्रेसलाई समर्थन गर्ने बताइसकेका छन । त्यसैगरी, वडागत मतमा पनि कांग्रेस एमालेभन्दा अगाडि नै छ । ३० वडाबाट कांग्रेसले २१ हजार ७ सय ७२ मत प्राप्त गरेको छ । एमाले १६ हजार १ सय १४ मतसहित दोस्रो स्थानमा छ । त्यस्तै, राप्रपा ६ हजार ५ सय ३, माओवादी केन्द्र ५ हजार ९ सय ८१, समाजवादी ३ हजार १२ मत पाउँदै क्रमशः तेस्रो, चौथो र पाँचौँ स्थानमा छन् । राष्ट्रिय जनमोर्चाले १८ मत मात्र प्राप्त गरेको छ । 
      यो क्षेत्रमा राप्रपा र एमालेबीच तालमेल भएको छ । राप्रपाले एमालेलाई केन्द्र र प्रदेश ‘ख’मा सघाउने र एमालेले राप्रपालाई प्रदेश ‘क’मा सघाउने गरी सहमति भएको छ । तर राप्रपासँग चुनावी तालमेल हुँदा पनि एमालेलाई जित निकाल्न सजिलो देखिँदैन । स्थानीय निर्वाचनमा एमाले र राप्रपाले पाएको वडागत मत जोडेर गठबन्धनसँग तुलना गर्दा पनि एमाले कमजोर देखिन्छ । एमाले र राप्रपाको मत जोड्दा ३० हजार ७ सय ८३ मत हुन्छ । जुन गठबन्धनको भन्दा ८ हजार १ सय ६६ ले कम हो ।

     


  • सम्बन्धित विषय:

  • # कञ्चनपुर–३
  • # दलहरुको अवस्था
  • प्रतिक्रिया दिनुहोस