शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

सुकुम्बासीका लागि यो चुनाव अन्तिम हुनुपर्छ : बचन वहादुर सिंह


पश्चिम प्रेस
बिहीबार , कात्तिक २४ २०७९
  • 566
    Shares

  • images
    images
    सुकुम्बासीका लागि यो चुनाव अन्तिम हुनुपर्छ : बचन वहादुर सिंह

    महेन्द्रनगर । नेकपा एमालेका नेता एंव कञ्चनपुर क्षेत्र नम्बर २ (क) का प्रदेशसभा सदस्य उम्मेदवार बचन वहादुर सिंहले आरक्ष पीडीत भुमिहनि र अव्यवस्थीत बसोबासी र आवास बिहिनहरुका लागि यो चुनाव अन्तिम हुनुपर्ने बताएका छन । 
     उनले चुनाव सुकुम्बासीहरुलाई लालपूर्जा दिन्छु ,जग्गाको मालिक बनाउछु भनेर भन्ने यो अन्तिम चुनाव भएको बताए । “यो चुनाव पछि सबैको हातमा लालपूर्जा हुनेछआवासको व्यवस्था गर्ने कुरा छ ।” उनले भने–“यो क्षेत्रमा बढी कटानको समस्या र सबैभन्दा बढी सुकुम्बासीका  शिविर छन ।उनीहरुको समस्या यसैपटक समाधान गर्छु ।”

     उनले यहाँका वेरोजगार युवाहरुलाई बाझा रहेका जमिनमा प्रसस्त सिचाँइको व्यवस्था गरेर  माटोको परिक्षण गरेर कृर्षिमा व्यवसायिकरण गर्न पनि आफुलाई मलाई मतदान गर्न आग्रह गरे । “स्वास्थ्य शिक्षाका समस्या पनि समाधान गर्न लाग्ने छु सडक स्तरोनतीका काम गर्छु ।” उनले भने–“यहाँका रानाथारु दलित बस्तीका छोरोछोरीलाई विद्यालयमा भर्ना भए १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने सरकारको व्यवस्था छ यो कार्यान्वयनमा आएको छैन । यो कार्यान्वयका लागि पनि म लाग्छु ।”
     उनले यहाँको पर्यटन विकासका लागि प्राकृतिक स्रोत साधनहरुको परिचालन गरि विदेशी पर्यटक यहाँ भित्र्याउन पहल गर्ने बताए । यहाँका हरेक टोल बस्तीका मसिना समस्याको अध्ययन गर्छु र क्रमिक रुपमा सुधार गर्दै लैजाने र पाँच वर्षे कार्यकालमा यहाँका मतदाताले मलाई जिताएर पठाए भने एक चोटी यो क्षेत्रको विकासको मोडालिटि हेर्न यहाँ आउने वातावरण बनाउे बताए । 


  • सम्बन्धित विषय:

  • # सुकुम्बासी
  • # बचन वहादुर सिंह
  • # चुनाव
  • प्रतिक्रिया दिनुहोस