महेन्द्रनगर । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एंव कञ्चनपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार एनपी साउँदले सुकुम्बासी र जग्गाधनी पूर्जा नभएकाहरुलाई छिट्टै लालपूर्जा उपलब्ध गर्ने बताएका छन । उनले जनतालाई लालपूर्जा उपलब्ध गराउने आफ्नो पहिलो प्राथमिकतामा रहेको बताए ।
त्यसैगरी चुरक्षेत्रमा धार्मीक पर्यटकिय सडकको निमार्ण गर्ने । आरक्ष पीडीत जनताको बसोबास र मुआब्जाको व्यवस्थापन गर्ने,बाढी नियन्त्रणका लागि गुरु योजना बनाएर काम अगाडी बढाउने उनले बताए । “शिविरहरुको एकिकृति विकास र परियोजना सुरु गरेर काम गर्ने र दैजी छेला औद्योगिक क्षेत्रको निमार्ण गर्न मलाई मत दिनुपर्छ ।” उनले भने–“दैजी जोगबुढा सडक कालोपत्रे,बुडर बंक नायल सडक निमार्णका लागि मेरो विजय आवश्यक छ ।”
त्यसैगरी उनले देशमा स्थायी सरकार मुलुकको समृद्धिको लागि गठबन्धन बनेको बताए ।
उनले गठबन्धन कसैलाई हराउनका लािग भन्दा पनि स्थायीत्वका लागि बनेको बताए । “गठबन्धनबाट बहुमत प्राप्त हुन्छ,बहुमत आए स्थिर सरकार बन्छ ,स्थिर सरकार बने मुलुकमा शान्ती स्थापीत हुन्छ ।” उनले भने–“शान्ती स्थापीत भएपछि मात्रै विकास सम्भव छ विकास भएपछि मात्रै मुलुकले समृद्धि हासील गर्छ ।” उनले देशमा शान्ती स्थापनाका लागि पनि गठबन्धन बनेको बताए ।
त्यसैगरी राष्ट्रनिमार्ण र संविधान कार्यान्वयनका लागि एक सबै दलहरु ठाउँमा आउनुपर्ने उनलेको भनाई थियो । “विचार फरक भएपनि विकास र समृद्धिका लागि सबै दलहरुले एक ठाउँमा आउनुपर्छ ।” उनले भने–“त्यसैले अहिले गठबन्धन बनेको छ यो विकास र समृद्धिका लागि हो ।” उनले संविधानमा भएका नागरिकका अधिकारहरुको कार्यान्वयनका लागि सबैदलहरु एक जुटु हुनुको विकल्प नभएको बताए ।
“संविधानले दिएका अधिकारहरु अहिलेसम्म पनि कार्यान्वय हुन सकेका छैनन ।” उनले भने–“संविधान बनाउने निर्णयक शक्ति कांग्रेस र माओवादीको काधमा फेरि संविधान कार्यान्यनको जिम्मेवारी आएको छ ।”
.gif)