बिहीबार , भदौ ४ गते २०८३ || Aug 20, 2026
  • यो साता चर्चामा :

प्रवासी नेपालीहरुको मताधिकार खोइ ?


पश्चिम प्रेस
शुक्रबार, कात्तिक २५ २०७९
  • 611
    Shares

  • images
    images
    प्रवासी नेपालीहरुको मताधिकार खोइ ?

    महेन्द्रनगर । संघ तथा प्रदेशको निर्वाचन मुखैनिर पुग्न लाग्दा गाउँदेखि शहर सबैतिर नेताकार्यकर्ताहरुको भ्याइ नभ्याइ चलिरहेको छ । पुरै देश निर्वाचनमय बनिरहेको बेलामा सामाजिक सञ्जालका भित्ताहरु समेत चुनावकै चर्चा परिचर्चा र तस्बिरहरुले भरिएका पाइन्छन् । 


    देशभित्र हुनेले मात्र नभइ विदेशमा बस्ने नेपालीहरुले समेत सामाजिक सञ्जालका माध्यमबाट स्थानीय तहको चुनाव सम्बन्धी सामाजिक सञ्जाल मार्फत  आफ्ना धारणा व्यक्त गर्न र  आफू निकट पार्टी तथा व्यक्तिका लागि अनलाइनबाटै प्रचारप्रसार र भोट माग्न समेत भ्याइरहेका छन् । प्रत्यक्ष भेटघाट तथा सभासमारोह भन्दा पनि यसबेला सामाजिक सञ्जालको उपयोग बढी भइरहेको छ । 


    विभिन्न ठाउँमा भइरहेका चुनावी सभा, घरदैलो तथा प्रचारप्रसारका कार्यक्रमहरु समेत समाजिक सञ्जालका माध्यमबाट हरेक ठाउँमा पुगिरेका छन् । हरेक व्यक्तिले जुनसुकै ठाउँको निर्वाचनका लागि पनि आफ्नो धारणा राख्न तथा क्रियाप्रतिक्रिया दिन समाजिक सञ्जालले सजिलो बनाइदिएको छ । फेसबुक, टिकटक, ट्वीटर, युट्युव लगायतका सामाजिक सञ्जालका माध्यमबाट देशभरमा भइरहेका चुनावी चर्चापरिचर्चाले घरभित्रै बसेर चुनावी चहलपहलको रौनक देख्न र सुन्न मात्र होइन सहभागी समेत हुन पाइएको छ । 


    यसरी संघ तथा प्रदेशको निर्वाचनमा चर्चा परिचर्चा तथा प्रचारप्रसारको लागि सूचना र प्रविधिको भरपुर उपयोग भइरहदा विदेशमा रहेका नेपालीहरुका लागि अनलाइन माध्यमबाट भोट दिने व्यवस्था भने हुन सकिएको छैन् । विश्व विज्ञान र प्रविधिमा धेरै अगाडि पुगिसक्दा पनि काम विशेषले देश बाहिर रहेका नेपालीहरुले भने मतदान गर्ने अधिकारबाट बञ्चित हुनुपरेको छ । 
    आफूले विदेशमा रहेर खुनपसिना बगाइ कमाएको पैसाबाट रेमिटेन्स काटेर चलेको देशमा नेता चुन्नुपर्दा भने मतदानका लागि कुनै व्यवस्था नभएकोमा विदेशिएका नेपालीहरुको गुनासो रहेको सुन्नमा आउँछ । विश्वका विभिन्न देशहरु देशभित्रकै मतदानका लागि समेत डिजिटल प्रविधिको उपयोग भइरेहका बेलामा हाम्रो देशमा घन्टौँ हिडेर मतदानकेन्द्रमा गइ लामो समयसम्म लाइनमा पर्खिनुपर्ने बाध्यता रहेको छ । 


     निर्वाचनका बेलामा ठूलाठूला गफ हाक्दै आएका दल तथा नेताहरुले देशविकासको त कुरै छोडौँ आफैलाई सरकारमा पुगाउने निर्वाचनकै लागि पनि सहज व्यवस्था गर्न सकेको छैन । परम्परागत पद्दतिकै मतदान प्रणालीका कारण वैदेशिक रोजगारीमा रहेका कतिपय नेपालीहरु मतदान गर्ने अधिकारबाट बञ्चित हुनुपरेको छ भने कतिपयले निर्वाचनकै लागि व्यक्तिगत खर्चमा नेपाल फर्किनु परेको छ । 


    मतदान गर्न पाउने हरेक नेपालीको अधिकार भए पनि बाध्यताले विदेशिनु परेका व्यक्तिहरुले विदेशबाटै भोट दिन पाउने व्यवस्था नहुँदा लाखौँ मतदाताहरु चित्त दुखाउँदै बसिरहेको तीतो यथार्थ हामीसँग रेको छ । वैदेशिक रोजगारका माध्यमबाट हरेक नेपालीको सुखदुःखमा मात्र नभएर नेपालकै अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको बहुसङ्ख्यक जनशक्तिलाई मतदानबाट बञ्चित गर्नु राष्ट्रकै लागि दुखद कुरो हो । यसका लागि राज्य तथा सरकारले व्यवस्था गर्नुको साटो चुनावी सभाहरुमै झन् युवाहरुलाई विदेश पठाउने व्यवस्था गर्ने एजेण्डा प्रस्तुत गरिनु लाजमर्दो कुरो हो । 


    कुनै पनि दल तथा नेताहरुले आफ्ना घोषणापत्र तथा एजेण्डाहरुमा वैदेसिक रोजगारमा रहेका नेपाली नागरिकहरुलाई विदेशमै रहेर मतदान गर्ने व्यवस्था मिलाउने कुरो पनि समावेश भएको पाइदैन । यसरी बहुसङ्ख्यक जनशक्तिलाई मतदानमा वेवास्था एवम् बञ्चित राज्यको लापरवाही र निकम्मापन हो भन्ने आभाष हुन्छ । 


    प्रतिक्रिया दिनुहोस