सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

बेदकोटका दुई वडालाई कम्प्युटर हस्तान्तरण


पश्चिम प्रेस
शुक्रबार, पुस ३० २०७८
  • 487
    Shares

  • images
    images
    बेदकोटका दुई वडालाई कम्प्युटर हस्तान्तरण

    महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिकाका वडा नम्बर ८ र ७ लाई कम्प्युटर हस्तान्तरण गरिएको छ । 
    शुक्रबार शान्तिका लागि साझा अभियान कोक्यापको आयोजनामा बेदकोट नगरपालिकाको सामाजिक सुरक्षा अनुगमन तथा सुपरिवेक्षण समितिले कम्प्युटर हस्तान्तरण गरेको हो । समितिका संयोजक बेदकोट नगरपालिकाका उप–प्रमुख सुशिला सिंहले कम्प्युटर हस्तान्तरण गर्दै सेवा प्रवाहमा थप सहज हुने अपेक्षा गरे । कार्यक्रममा कोक्यापका प्रदेश फोकल पर्सन गोपाल विक,नगर उपप्रमुख सुशिला सिंह लगायतको सामाजिक सुरक्षा समितिका सदस्यहरुको उपस्थीती रहेको थियो । कोक्यापले बेदकोट नगरपालिकाको सहकार्यमा सामाजिक सुरक्षासम्बन्धी लामो समयदेखी काम गर्दै आएको छ ।


    प्रतिक्रिया दिनुहोस