महेन्द्रनगर । हिजो राति ८ बजेर १२ मिनेटमा गएको भुकम्पले बझाङकाका अधिकांशघरहरुमा क्षती पुर्याएको छ । खप्तडछान्ना गाउँपालिका ६ पाटादेवल आसपास केन्द्रबिन्दु बनाएर गएको ५।४ रेक्टर स्केलको भुकम्प गएको हो । भुकम्पले बझाङका एक सय घरहरु भुकम्पका कारण चर्किएका र केहि घरहरु भत्किएको प्रहरीले जनाएको छ ।
लगातार सुदुरपश्चिमा यसरी भुकम्प आउँदा स्थानीयहरु त्रसित बनेका छन । अधिकांश बझाङका स्थानीयहरु रातभरी आगोतापेर घर बाहिर बसेका थिए । चर्किएको घरबाहिर बस्न जोखिमपुर्ण हुने भएकोले प्रहरीले त्यस्ता घरहरुमा नबस्न माइकिङ गर्दै अनुरोध समेत गररेको छ ।
.gif)