शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

यू १९ प्रादेशिक क्रीकेट छनौट : डडेल्धुरा र कञ्चनपुरको दोस्रो जित


पश्चिम प्रेस
आइतबार, कात्तिक २७ २०७९
  • 770
    Shares

  • images
    images
    यू १९ प्रादेशिक क्रीकेट छनौट : डडेल्धुरा र कञ्चनपुरको दोस्रो जित

    महेन्द्रनगर ।  वाइवाइ यू १९ प्रादेशिक क्रीकेट छनोट प्रतियोगितामा डडेल्धुरा र कञ्चनपुरले दोस्रो जीत निकालेका छन ।
      आईतबार महेन्द्रनगर स्थित कर्बडहलको खेल मैदानमा भएको खेलमा कञ्चनपुरले बझाङलाइ १०८ रनले पराजित गर्दै लगातार दोश्रो जित निकालेको जिल्ला क्रिकेट संघ कञ्चनपुरका अध्यक्ष विरेन्द्र बहादुर चन्दले बताउनुभयो ।
     उहाँका अनुसार टस जीतेर ब्याटिङ रोजेको डडेल्धुराले निर्धारित ४० ओभरको खेलमा ३९.४ ओभर खेल्दै सम्पुर्ण विकेटको क्षतिमा २४० रन जोड्न सफल भयो ।  डडेल्धुराका लागि दिपक बोहराले १०४ बलमा सर्वाधिक १६१ रन बनाउन सफल भए । सचिन साउँद ३५ बलमा ३६ रन तथा कृष्ण भट्टले ४४ बलमा १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन ।
            २४१ रनको उच्च लक्ष्य पछ्याउँदै मैदानमा उत्रेको बैतडीले निर्धारित ४० ओभरको खेलमा ३४.१ ओभरमा सम्पुर्ण विकेटको क्षतिमा १४८ रमा समेटिन पुग्यो । बैतडीका लागि प्रदिप चन्दले ३५ बलमा सर्वाधिक ३५ रनको योगदान गरे । दिपक बोहरा २० बलमा २८ रन,डम्बर तिरुवा ३१ बलमा २२ रन,नरेन भट्ट २९ बलमा २१ रन तथा आकाश चन्दले १३ बलमा १५ रन  बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो जोड्न सकेनन ।उक्त खेलमा म्यान अफ दी म्याच डडेल्धुराका दिपक बोहरा घोषित भए ।

          महेन्द्रननगर स्थित खुलामञ्चमा भएको दोस्रो खेलमा कञ्चनपुरले निर्धारित ४० ओभरको खेलमा ३८.१ ओभरमा सम्पुर्ण विकेटको क्षतिमा १९२ रन बनायो ।  कञ्चनपुरका लागि कप्तान अनुराग सिंहले ६० बलमा सर्वाधिक ३५ रन बनाउन सफल हुँदा लोकेश जोशी ३९  बलमा ३३ रन,राहुल चन्द ३७ बलमा २९ रन,अभिषेक थापा २३ बलमा २३ रन,मिलन बोहरा २६ बलमा २२ रन,हेमन्त धामी १५ बलमा १५ रन तथा किरन चन्दले १२ बलमा अविजित १३ रन  बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो  अंक जोड्न सकेनन ।  १९३ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रेको बझाङले निर्धारित ४० ओभरको खेलमा २५ ओभर खेल्दै सम्पुर्ण विकेटको क्षतिमा मात्र  ८४  रन बनाउनसक्दा १०८ रनको फराकिलो अन्तरले हार बेर्होनुपर्यो ।  बझाङका लागि सञ्जय बोहराले १३ बलमा सर्वाधिक १४ रन बनाउन सफल हुँदा गजेन्द्र भण्डारीले ३४ बलमा  १३ रन, अनिल थापले २१ बलमा १२ रन तथा नरेन्द्र रानाले १८ बलमा ११ रनको योगदान गरे । 
     उक्त खेलका म्यान अफ दी म्याच कञ्चनपुरका हेमन्त धामी घोषित भए ।   


  • सम्बन्धित विषय:

  • # यू १९ प्रादेशिक क्रीकेट छनौट
  • # डडेल्धुरा
  • # कञ्चनपुर
  • प्रतिक्रिया दिनुहोस