महेन्द्रनगर । दार्चुलामा आफ्ना कार्यकर्ताहरु लाई एमालेका कार्यकर्ताले कुटेको भन्दै सत्तारुढ गठबन्धनमा आबद्ध दलका कार्यकर्ताले आइतबार ११ बजेदेखि गोकुलेश्वर खलंगा सडकको धुलीगडा क्षेत्रमा सडक अवरुद्ध गरेका छन । नौगाड गाउँपालिका–६ खेडमा प्रचारप्रसारमा खटिएको गठबन्धन र नौगाडको जामिरमा आमसभामा गइरहेका एमाले कायर्कर्ता बीच आइतबार झडप भएको थियो । गठबन्धनका कार्यकर्ताले झडपमा संग्लन एमाले कार्यकर्तालाई पक्राउ गरेमा मात्रै आफुहरुले सडक खुलाउने बताउँदैआएका छन ।
गठबन्धनले जिल्लाभरी बाट सयोँ कार्यकर्ताहरु लाई धुलीगडा क्षेत्रमा राखेर सडक बन्द गरेको बताइएको छ । चुनावी सभामा जाने क्रममा वडा नम्बर ६ बाट जाने गाडी तथा सर्वसाधारण लाई रोकेपछि झडपको अवस्था आएको नेकपा एमाले नौगाड गाउँपालिका अध्यक्ष जनकसिह ठगुन्नाले बताउनु भएको छ । प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले सुरक्षाबैठक राखेर सडक खुलाउने प्रयास भए पनि गठबन्धनले नमानेका कारण सडक खुलाउन नसकिएको प्रहरीले जनाएका छन ।
.gif)