शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

देउवाले गृह जिल्लामा बुधबार चुनावीसभा सम्बोधन गर्ने


पश्चिम प्रेस
मंगलबार, कात्तिक २९ २०७९
  • 518
    Shares

  • images
    images
    देउवाले गृह जिल्लामा बुधबार चुनावीसभा सम्बोधन गर्ने

    डडेल्धुरा  । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बुधबार गृह जिल्ला आउने हुनुभएको छ । भोलि डडेल्धुरा आएर कांग्रेससहित गठबन्धनको चुनावी कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको नेपाली कांग्रेसले जनाएको छ ।

     कांग्रेस डडेल्धुराका सचिव हेमराज चटौतका अनुसार प्रधानमन्त्री देउवा बुधबार बिहान गृह जिल्ला आइपुग्ने र ११ः३० बजे अजयमेरु गाउँपालिकाको देवलमा आयोजना हुने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उहाँले बैतडी र अछाम जिल्लामा आयोजना हुने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम पनि तय भएको कांग्रेसले जनाएको छ । 

    यसअघि कात्तिक १७ गते गृह जिल्ला पुग्नुभएका देउवा चार दिन बस्नुभएको थियो । सो क्रममा उहाँले सात पालिकाका सात वटा चुनावीसभालाई सम्बोधन गर्नुभएको थियो । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देउवासहित डडेल्धुरामा आठ जना उम्मेदवार रहनुभएको छ । देउवा विसं २०४८ यताका हरेक निर्वाचनमा विजयी हुँदै आउनुभएको छ ।


  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा
  • # चुनावीसभा
  • प्रतिक्रिया दिनुहोस