महेन्द्रनगर । निर्वाचन लोकतन्त्रको सबैभन्दा सुन्दर पक्रिया हो । राष्ट्रको नेतृत्व कसलाई दिने भने कुरा आम नागरिकको हातमा हुने भएकाले आफ्नो बुझाइमा उत्कृष्ट व्यक्तिलाई मतदान गरी अगाडि पठाउने गरिन्छ । एक पलको समयले देशको भविष्य निर्धारण र्ने भएका मतदान गर्नुअघि मतदाताले राष्ट्रको हितलाई सर्वोपरी राखेर निर्णय लिनुपर्ने हुन्छ ।
आफूले मत दिएर विजयी हुने उम्मेदवार कस्तो व्यक्ति हो ? उसमा राष्ट्रप्रतिको प्रेम कस्तो छ ? उसले विजयी भएर गइसकेपछि विकास कार्यमा कसरी अघि बढ्न सक्ला ? उसको क्षमता के हो भन्ने कुरालाई विशेष महत्वका साथ अध्ययन गर्नुपर्ने हुन्छ ।
जब आफ्नो अन्तरआत्माले ऊ राष्टूप्रति बफादार हो भन्ने कुरालाई राम्रोसँग समर्थन गर्दछ तब मात्र उसलाई मतदान गर्नु उपयुक्त हुने गर्दछ । विभिन्न श्वार्थ, प्रलोभन तथा नातासम्बन्धका आधारमा कसैलाई मत दिनु हुँदैन, मतका लागि योग्य हो वा होइन भन्ने कुरालाई विशेष महत्वका साथ हेर्नुपर्ने हुन्छ ।
एक मत त हो के फरक पर्छ र भन्ने मनाशयले पनि मतदान गर्नु हुँदैन । आफ्नो एक मत नै राष्टूको भविष्यका लागि निर्णायार्थ मत हो भन्ने कुरालाई बिर्सनु हुँदैन ।
विजयी भएर उम्मेदवारले यदि राष्ट्रप्रति गद्दारी गर्दछ भने त्यसको पाप मतदातामा पनि लाग्ने गर्दछ र त्यसको फल समग्र राष्ट्रले भोग्नुपर्ने हुन्छ । यसकारण आफ्नो अमूल्य मतलाई खेर फाल्नु हुँदैन । हरेक मतयोग्य नागरिकले देशको भविष्य मेरो हातमा छ भन्ने कुरालाई आत्मसाथ गर्दै मतदान गर्नुपर्ने हुन्छ ।
आम नागरिकको मत नै सर्वोपरी हुने भएकाले आफ्नो विवेक र शक्तिलाई मतदानमा देखाउनु आम नागरिकको कर्तव्य हुन आउँछ । यसकारण आफ्नो मतको शक्तिलाई नै राष्ट्र निर्माणको अन्तिम शक्ति मानेर योग्य उम्मेदवारलाई मतदान गरी राष्ट्र निर्माणको यज्ञमा सहभागीता जनाउनु नै आम नागरिकको कर्तव्य हो ।
.gif)