महेन्द्रनगर । डोटीमा जीप दुर्घटना भएको छ । डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर ५ अत्तरकाँडामा निर्वाचन सामाग्री, कर्मचारी र सुरक्षाकर्मी सहित ११ जना सवार जीप दुर्घटना भएको हो । उक्त दुर्घटनामा मतदान अधिकृत दिनेश रैखोला सामान्य घाइते भएका जनाइएको छ । जीप सिलगढी बाट बडिकेदार गाउँपालिका वडा नम्बर ५ मार्कोट स्थित मतदान केन्द्र तिर गइरहेको थियो जीपको बे्रक फेल भएपछि जीप दुर्घटना भएको बताइएको छ ।
.gif)