महेन्द्रनगर । मंसिर ४ गते हुने निर्वाचनका लागी डोटीमा सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको छ । मतदान केन्द्र निर्माण गर्दा मतदाताहरुलाई बिश्राम गर्न मिल्ने अपाङ्गता भएका व्यक्तिहरुलाई सहज हुने हिसाबले निर्माण कार्य भईरहेको जनाइएको छ ।
डोटीका १ सय ७७ स्थायी र एक अस्थायी गरि १ सय ७८ ओटै मतदान केन्द्रमा निर्वाचन सामाग्री सहित कर्मचारीहरु खटिइसकेका छन ।
निर्वाचन लाई स्वच्छ , निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नको लागी तिनवटै तहका सुरक्षा निकायका गरी २४७२ जना सुरक्षा कर्मचारीहरु लाई परिचालन गरिएको छ । डोटीमा ६५ हजार ७३५ महिला र ५९ हजार १ सय ३५ जना पुरुष गरी एक लाख २४ हजार आठ सय ७० मतदाताहरु रहेका छन ।
.gif)