महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका रमेश लेखक पाँच हजार दुई सय २१ मत सहित अग्रता कायम राखेका छन ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार राती १०ः३० बजेसम्म २८ हजार ४२४ मत गणना हुँदा लेखकले १४ हजार १९० मत प्राप्त गनुभएको छ । उहाँका निकटतम प्रतिस्प्रर्धी नेकपा एमालेका निरु पालले ८ हजार ९६९ मत ल्याएर लेखकलाई पछ्याउँदै छन । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्ण लुहारले १ हजार २४६ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी प्रदेशसभा (क) तर्फ नेकपा एकिकृत समाजवादीका प्रकाश रावलले अग्रता लिएका छन । ४ हजार ८२२ मत गणना हुँदा रावलले एक हजार चार सय ७१ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्प्रर्धी माओवादी केन्द्रका टेकेन्द्र भट्टले एक हजार तीन सय २५ मत प्राप्त गर्नुभएको छ । प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका बेल वहादुर रानाले मतान्तर बढाएका छन । ९ हजार तीन ६३९ मत गणना हुँदा रानाले ५ हजार ३८७ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्प्रर्धी नेकपा एमालेका सुरेन्द्र विष्टले ३ हजार २०३ मत प्राप्त गरेका छन ।
.gif)