महेन्द्रनगर । कञ्चनपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका रमेश लेखक १२ हजार ८५ मतान्तरले विजयी हुनुभएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय कञ्चनपुरका अनुसार लेखकले ३० हजार पाँच सय २३ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका निरु देवी पाल १८ हजार चार सय ४८ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कृष्ण लुहारले २ हजार २० मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र उम्मेदवरा दिपक वहादुर सिंहले १ हजार एक सय ४३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
.gif)