मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

ललितपुर क्षेत्र नं ३ बाट डाक्टर तोसिमा कार्की विजयी


पश्चिम प्रेस
बिहीबार , मंसिर ८ २०७९
  • 500
    Shares

  • images
    images
    ललितपुर क्षेत्र नं ३ बाट डाक्टर तोसिमा कार्की विजयी

    काठमाडौँ । ललितपुर जिल्लाको निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की डाक्टर तोसिमा कार्की विजयी हुनुभएको छ । निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार उहाँ ३१ हजार एक सय ६ मतसहित विजयी हुनुभएको हो ।

    उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का अमृत खड्कालाई १८ हजार एक सय ६३ मतले पछि पार्दै डाक्टर तोसिमा विजयी हुनुभएको हो । खड्काले १२ हजार नौ सय ६३ मत प्राप्त गर्नुभएको छ । नेकपा (माओवादी केन्द्र)की पम्फा भुसालले आठ हजार सात सय ६९ मत प्राप्त गर्नुभएको छ ।


  • सम्बन्धित विषय:

  • # ललितपुर
  • प्रतिक्रिया दिनुहोस