महेन्द्रनगर । आज देखि महिला हिंसा बिरुद्धको १६ दिने अभियान शुरु गरिएको छ । महिला तथा बालबालिका मन्त्रालयको आयोजनामा देशैभरका विभिन्न स्थानमा र्यालीसहित कार्यक्रम गरी अभियानको सुरुवात गरिएको छ । महिला हिंसा बिरुद्धको १६ दिने यो अभियानले महिला शशक्तिकरण जागरण तथा लैंगिक हिंसा विरुद्धको आवाजलाई सशक्त बनाउन सहयोग गर्दछ । सदियौँ देखि चलिआएको महिला हिंसा अझै रोकिएको छैन ।
नेपालि समाजमा महिला माथि हुने हिंसा लाई सामान्य रुपमा लिने गरेको पाइन्छ । कतिपय हिंसा पुरुष माथि पनि भएको पाइन्छ तर मुलभुत रुपमा महिला माथि नै बढी हिंसा हुने गरेको छ । महिला माथि सदियौँ देखि बिभिन्न कारणहरुमा हिंसा हुने गरेको छ । कसैलाई होच्याएर भन्न्ुा , गालीगलौज गर्नु , शाररिक तथा मानसिक रुपमा तनाव दिनु डराउनु आदी लाई हिंसाको संज्ञा दिइन्छ । महिला पुरुषहरु बाट मात्रै नभई महिला महिला बाटै समेत पिडीत हुने गरेका छन । महिला कमजोर हुन्छन् भन्ने सोंच, मादक पदार्थ र लागू पदार्थ सेवन, सांस्कृतिक रीतिरिवाज र चलन आदिका कारण घरेलु हिंसा दिनदिनै बढिरहेका छन् ।
घरेलु हिंसाले महिलाको मानसिक तनाव मात्रै होइन, बालबच्चालाई मनोवैज्ञानिक असर समेत परिरहेको हुन्छ । महिलालाई आफ्नो इच्छा अनुसार कुनै पनि काम गर्न दिईँदैन । महिलाहरुले आफ्नो इच्छा अनुसार पढ्न , रोजगारी गर्न ,कुनै पनि सेल्फ निर्णय गर्नमा समेत बन्देज लगाइएको हुन्छ । महिलाहरु कम्जोर हुन्छन उनिहरुले केहि गर्न सक्दैनन् घरको चुलोर्चौकोमै मात्र सिमित रहनु पर्छ भन्ने लगायतको सोच नेपाली समाजमा प्रशस्त रुपमा भेट्न सकिन्छ ।
पछिल्लो समयमा दिनप्रतिदिन घटिरहेका बलात्कार र हत्याका कारण महिलाहरु आज एक्लै घर बाहिर सुरुक्षीत रुपमा जान सक्ने अवस्थामा छैन् । कतियपय महिला अहिले पनि बोक्सीको आरोपमा कुटपिट, गाउँ निकाला, सामाजिक बहिस्कार, मलमूत्र खुवाउने, मानसिक यातना दिई बेइज्जत गर्ने, महिनावारी हुँदा अछुतको व्यवहार गर्ने, सुत्केरी हुँदा घरमा नराखी गोठमा राख्ने महिनावारी हुँदा अरुलाई छोएका वा घर भित्रै बसेमा देउता रिसाउँछन भन्ने सोचका कारण समेत महिला हिंसा बढिरहेका पाइन्छ ।
महिला हिंसाको सवालमा आज सम्म धेरै कार्यक्रमहर भए धेरै कानुनहरु बने महिला समानता र महिला अधिकारका बिषयमा तर महिला हिंसाले भने झन बिकराल रुप लिएको छ । पछिल्ला दिनहरुमा मानिस शिक्षा र चेतनाले सभ्य हुनुपर्नेमा झन्झन् असभ्य र हिंस्रक बन्दै गएको अनुभूति हुन्छ । समय जति प्रगतिशील र विकसित हुँदैछ, महिला हिंसाको स्वरूपमा झनझन् अमानवीय र क्रूर बन्दै गएको छ ।
छोरी लाई पतिको सेवा गर्नु पर्छ , पति प्रमेश्वर हुन, आफ्नो श्रिमानले जति दुख दिए पनि बाहिर भन्नु हुँदैन पाप लाग्छ भनेर सिकाउने हाम्रो समाजले यहि कुरा छोरा लाई किन सिकाउँदैन कुन्नी ? महिला र पुरुष यदि एक अर्काका परिपुरक हुन एक बिना अर्कोले बाँच्न सक्दैन भने किन यो भेलदभाव र हिंसा ? हिंसा जति सहेर बस्यो उत्तिकै बढ्ने कुरा हो । कुनै पनि महिलाले आफुलाई कम्जोर ठान्ने होइन अब हरेक महिलाले जाग्नु पर्छ । शक्तिकी देवी दुर्गा , काली पनि महिला नै हुन । ब्रह्मा , बिष्णु र महेश्वरले मार्न नसमेका दानवलाई दुर्गाले नै मारेकी थिइन । तसर्थ जब सम्म हरेक महिलाले आफुमाथि हुने हिँसा को स्वयम आफैँले प्रतिकार गर्न सक्दैनन् तब सम्म हिँसाको अन्त्य सम्भव देखिँदैन ।
.gif)