शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

समानुपातीक तर्फ १ करोड मत गणना हुँदा नेकपा एमाले पहिलो दल 


पश्चिम प्रेस
बुधबार, मंसिर १४ २०७९
  • 962
    Shares

  • images
    images
    समानुपातीक तर्फ १ करोड मत गणना हुँदा नेकपा एमाले पहिलो दल 

    महेन्द्रनगर । मंसिर ४ गते सम्पन्न निर्वाचन अन्तर्गत समानुपातिकतर्फ आज बिहान करिब १ करोड मतगणना सकिएको छ । जसमा प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनमा नेकपा एमाले प्रतिनिधी सभा तर्फ समानुपातीकमा २६ लाख ९३ हजार भन्दा बढी मत प्राप्त गरेर पहिलो दल बनेको छ । निर्वाचन आयोगको पछिल्लो तथ्यांक अनुसार एमाले  प्रतिनिधि सभातर्फ समानुपातिकमा २६ लाख ९३ हजार भन्दा बढी मत प्राप्त गरेर पहिलो दल बनेको हो ।

    त्यसैगरी २५ लाख ४८ हजार मत प्राप्त गर्दै नेपाली कांग्रेस दोस्रो दल बनेको छ । ११ लाख ४३ हजार मत प्राप्त गर्दै माओवादी केन्द्र तेस्रो दल , १० लाख ९८ हजार मत प्राप्त गर्दै  राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ६९ हजार, जनता समाजवादी पार्टीले ३ लाख ८८ हजार र जनमत पार्टीले ३ लाख ५६ हजार मत प्राप्त गरी थ्रेस होल्ड कटाएका छन् ।नेकपा एकीकृत समाजवादीले अहिलेसम्म २ लाख ८१ हजार मत पाएको छ । देशभरका ७ प्रदेश मध्ये नेकपा एमालेको ६ प्रदेशमा बढी ात छ भने मधेश प्रदेशमा कांग्रेस अगाडि रहेको निर्वाचन आयोगले जनाएको छ । 


  • सम्बन्धित विषय:

  • # नेकपा एमाले
  • प्रतिक्रिया दिनुहोस