महेन्द्रनगर । डोटीमा पसलको खुद्रा सामान बोकेको मिनि ट्रक र्दुघटना भएको छ । दिपायल सिलगढी नगरपालिका ५ जिरो प्वाइन्टमा से १ ख ११५९ नम्बरको मिनि ट्रक दुर्घटना भएको हो । ट्रक सडकबाट करिब ६० मिटर तल खसेको जनाइएको छ । उक्त दुर्घटनामा मानवीय क्षती भने भएको छैन । दुर्घटना भएको उक्त मिनी ट्रक चालक फरार रहेकोले उनको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
.gif)