शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

'अरुको फाटेको जुत्ता चप्पल त सिलाउन सके तर आफ्नो फाटेको कर्म सिलाउन सकेन'


बुधबार, मंसिर १४ २०७९
  • 1.2K
    Shares

  • images
    images
    'अरुको फाटेको जुत्ता चप्पल त सिलाउन सके तर आफ्नो फाटेको कर्म सिलाउन सकेन'

    महेन्द्रनगर । कञ्चनपुरको सिसैयाका ६१ वर्षीय हरी सार्कीको दैनीकी अरुका फाटेका जुत्ता चप्पल सिलाएर बित्छ । महेन्द्रनगरको चौराहाको छेउमा बसेर उनले जुत्ता, चप्पल सिलाउन थालेको २० बर्ष बित्तिसक्यो । दिनभरी अरुको जुत्ता , चप्पल सिलाउने र पालिस गरेर आफ्नो दिनचर्या बिताउने हरी दिनभरीको कमाइले साँझ बिहानको छाक टार्न पनि धौधौ हुने बताउँछन ।

    'दिनभरी बस्यो कहिले त ६ , ७ सय हुन्छ कहिले त एक रुपैँया पनि कमाई हुँदैन रित्तै हात घर फर्किनु पर्छ' उनले भने । दिनभरी सडक छेउको धुलो खाएर ग्राहकहरु लाई पर्खेर बस्दा पनि कहिले काँही रित्तै हात घर फर्किनु पर्दा खल्लो लाग्ने उहाँलले बताउनु भयो ।

    सडकको छेउमा बसेर काम गर्ने उनलाई चिसोको महिना चिसो र गर्मिको महिना गर्मि र धुलोले पनि उत्तिकै सताउँछ । 'उर्जा र उमेर हुँदा त ज्याला मजदुरी पनि गर्थै , तर अब त बुढेसकाल लागी सक्यो कमाइखाने अरु कुनै बाटो छैन आफु सँग भएको सिप पनि यहि हो' उनले भने । डडेल्धुरा बाट कञ्चनपुर झरेका हरी सार्की बाबु - बाजेको पालादेखि नै यो काम गर्दै आएको बताउँछन् । ‘बाबुबाजेले पनि यही काम गरे । मैले पनि यही गर्छु ।

    यसैबाट गुजारा चलेको छ,'। उनले भने । अरुका फाटेका जुत्ता चप्पल सिलाएर पालिस लगाएर टल्काउन सके पनि आफ्नो जिवन भने टल्काउन नसकेको बताउँछन हरी । 'बुढो शरीर थकाई लाग्छ , काम गर्न मन लाग्दैन । तर के गर्ने बाँच्नको लागी काम गर्ने पर्यो । अरुको फाटेको जुत्ता चप्पल त सिलाउन सके तर आफ्नो फाटेको कर्म सिलाउन सकेन' । उनले मलिन स्वरमा अगाडी थपे 'बुढेस कालमा काम गर्ने रहर त कस्लाई पो होलार , बाध्यताले काम गरिरहेको छु' ।




    प्रतिक्रिया दिनुहोस