बिहीबार , भदौ ४ गते २०८३ || Aug 20, 2026
  • यो साता चर्चामा :

बाजुराबाट प्रतिनिधिसभामा कांग्रेसका पाण्डे निर्वाचित


पश्चिम प्रेस
आइतबार, मंसिर १८ २०७९
  • 569
    Shares

  • images
    images
    बाजुराबाट प्रतिनिधिसभामा कांग्रेसका पाण्डे निर्वाचित

     बाजुरा । प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डेले ३१ हजार सात सय ८६ मत प्राप्त गरेर निर्वाचित हुनुभएको छ । कांग्रेसका सहमहामन्त्री पाण्डेका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का कर्णबहादुर थापाले २६ हजार तीन ४९ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ ।

    पाण्डेले एमालेका थापालाई पाँच हजार चार सय ३७ मतले पराजित गर्नुभएको हो । राष्ट्रियसभाका पूर्व सांसद पाण्डेले प्रतिनिधिसभा सदस्यमा पहिलोपटक निर्वाचन जित्नु भएको हो । उहाँ विसं २०७० मा तत्कालीन संविधानसभा सदस्य तथा २०७४ मा राष्ट्रियसभा सदस्य हुनुहुन्थ्यो । जिल्लाका कुल ८३ हजार पाँच सय ६७ कुल मतदाता मध्ये ५९ हजार सात सय ५७ मत खसेको थियो ।


  • सम्बन्धित विषय:

  • # बाजुरा
  • प्रतिक्रिया दिनुहोस