बिहीबार , चैत १६ गते २०७९ || Mar 30, 2023

सुप विश्वविद्यालयमा अन्तराष्ट्रिय सम्मेलन : समृद्ध सुदूरपश्चिमबारे बहस हुदै


पश्चिम प्रेस
मंगलबार, मंसिर २७ २०७९
  • 293
    Shares

  • images
    images
    सुप विश्वविद्यालयमा अन्तराष्ट्रिय सम्मेलन :  समृद्ध सुदूरपश्चिमबारे बहस हुदै
    images
    images

    महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयले आयोजना गरेको अन्तराष्ट्रिय सम्मेलन सोमबारदेखी महेन्द्रनगरमा सुरु भएको छ ।
    सुदूरपश्चिम प्रदेशको सम्भाव्यता,यहाँको कला संस्कृति र विकासका विषयमा अन्तराष्ट्रिय सम्मेलन आयोजना गरेको सुदूरपश्चिम विश्वविद्यालयले जनाएको छ ।  ब्रिटेन–नेपाल एकेडेमिक काउन्सिल र अक्सफोर्ड विश्वविद्यालयको सहकार्यमा तीनदिने सम्मेलनको आयोजना गरिएको सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले बताए । सम्मेलनमा नौ देशका प्राध्यापकहरु तथा अनुसन्धानकर्ताले सोधपत्र प्रस्तुत गर्ने उपकुलपति जोशीले बताए । 

    “सुदूरपश्चिममा केन्द्रित रहेर तयार पारिएका सोधपत्रहरु सोधकर्ताले प्रस्तुत गर्नेछन ती विषयमा बहस छलफल हुनेछ ।” उनले भने–“नौ विधामा ७६ वटा सोधपत्रहरु प्रस्तुत हुन्छन सम्मेलनमा भौतिक र अनलाईन माध्यमबाट समेत सहभागी छन ।” उनले स्थापना भएको छोटो समयमा नै विश्वविद्यालयले सहकार्य गरेर ठूलो सेमिनार गरेको बताए । 
    सेमिनारमा सुदूरपश्चिमको कला संस्कृति, आर्थिक, सामाजिक र राजनीतिक विकासका विषयमा समेत विचार विमर्श हुने उहाँले बताए । “यो क्षेत्रमा थुप्रै सम्भावना रहेको भएपनि ती सम्भावनाहरुको उजागर हुन सकेको छैन ।” उनले भने –“के साँच्चै हामी दुर्गम हौं, पिछिडिएकै भएर बस्नुपर्ने हो, हामीले केही गर्न सक्दैनौं ? यस्तै विषयमा चर्चा परिचर्चा हुनेछ ।” उनले हालसम्म राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा सुदूरपश्चिमबारे गहन छलफल हुन नसकेको बताए ।

    सेमिनारमा स्वदेशी र विदेशी गरी ४ सय १६ जना सहभागी भएको  ब्रिटेन–नेपाल एकेडेमिक काउन्सिलका प्रतिनिधि कृष्ण अधिकारीले बताए । उहाँले भौतिक रूपमा दुई सय जनार अन्य अनलाईनका माध्यमबाट सहभागी हुने बताए । “जनस्वास्थ्य, मेडिकल शिक्षा, इन्जिनियरिङ, जलस्रोत, शैक्षिक नीति, वातावरण, सामाजिक विज्ञान र इतिहास लगायतका विषयमा तीन दिनसम्म बहस हुनेछ ।”  उनले भने–“यहाँको गेटा मेडिकल कजेलदेखी पश्चिमसेती परियोजनाबारे पनि बहस हुनेछ ।” उनले सुदूरपश्चिममा पहिलो पटक हुन लागेको अन्तराष्ट्रिय सम्मेलनले यस क्षेत्रको समग्र विकासमा योगदान पु¥याउने बताए ।
    उनले सुदूरपश्चिम संस्कृति र प्राकृतिक स्रोतमा धनी मानिए पनि तिनको संरक्षणमा समेत सेमिनारले टेवा पुगाउने बताए ।
    सम्मेलनमा विभिन्न नौ देशका प्राध्यापकहरुको सहभागीता रहेको छ ।सुदूरपश्चिम विश्व्विद्यालयका उप–प्राध्यापक दीपक चन्द्र भट्टले सुदूरपश्चिम विश्वविद्यालयको इतिहासमै पहिलो पटक भएको अन्तर्राष्ट्रिय सम्मेलनले यो क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुग्ने बताए । “यो सम्मेलनले विभिन्न विधाको विकासलाई अध्ययन, अनुसन्धान गर्न मद्दत गर्ने विश्वास लिइएको छ ।” उनले भने–“यसले सुदूरपश्चिममा रहेका थुप्रै सम्भावनाहरुको उत्खनन गर्र्ने छ ।” 
     विश्वविद्यालय स्थापनाको १२ वर्षपछि सुदूरपश्चिम विश्वविद्यालयले आफ्नो पहिलो पकट अन्तराष्ट्रिय सम्मेलनको आयोजना गर्न लागेको हो ।

     

     


  • सम्बन्धित विषय:

  • # सुदूरपश्चिम विश्वविद्यालय
  • # अन्तराष्ट्रिय सम्मेलन
  • प्रतिक्रिया दिनुहोस
    images