सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

हिन्दु धर्मसंस्कृतिमा चाडपर्व र महिला


बुधबार, मंसिर २८ २०७९
  • 546
    Shares

  • images
    images
    हिन्दु धर्मसंस्कृतिमा चाडपर्व र महिला

    महेन्द्रनगर । महिला र चाडपर्वको निकट सम्बन्ध छ । जबजब चाडपर्वको आगमन हुन्छ तबतब खुशी एवम् काम पनि महलिाहरुलाई बढी हुने गर्दछ । खानाको तयारी, घरको सरसफाइ, घरमा आउने पाहुना एवम् छोरीबेटी इष्टमित्रको व्यवस्थापन, पकवान तयार गर्नु जस्ता कार्य शहरीया महिलाका लागि हुने भए भने ग्रमीण जी वनमा आ प m्नो  िदनचर्या  चलाइरहेको हकमा त गाईवस्तुको रेखदेख खेतीपातीको काम थप हुन जान्छ ।

    यसो गर्भवती, सुत्केरी, रोगी एवम् अपाङ्ग महिलाका समस्या भने अझैँ बिकराल देखिन्छन् । महिला जुन जस् त ो अव स् थ ामा भए प  िन आवश्यकता चाहाना र कामको प्रकार उस्ताउस्तै हो भन्दा फरक नपर्ला ।

    प्रत्येक महिलाले आफ्नो जीवनमा चाडपर्वमा गर्दै आएका कामको लामो सूची बनउँदा आधुनिक प्रविधिको पहुँचले सहरीया महिलाको सूची सरल हुन्छ भने ग्रामीण भेगका महिलाको सूची केही लामो एवम् कठीन, तैपनि आआफ्नो परिस्थितिलाई सम्झिदै सबै स्थानका म िहला हरु आफ्नो जिम्मेवारीमा अब्बल देखिन्छन् । पिठ्यूमा घाँसको भारी, गर्भमा शिशुसँग पनि त्यत्तिकै खुसी छन् जति गर्भमा शिशु भएकी महिला एयर कण्डिसनमा सवार हुँदा पनि खुशी देखिन्छिन् ।

    महिलाको सहन शक्ति काम गर्ने क्षमता, सकारात्मक सोच, परिवारलाई चाँडपर्वमा व्यवस्थित गर्ने त रिका , सा म ा जिक का र्य म ा सहभागिता, स्नेही भावना जस्ता गुण प्रयाप्त मात्रामा प्रष्फुटन हुँने हुँदा चाडपर्वहरु रमाइलो, भव्य एवम् सभ्य भएको हो जस्तो लाग्दछ । हाम्रो देश संस्कार र संस्कृतिले सम्पन्न देश हो ।

    वर्षमा ३६५ दिन छन् भने प्रत्येक दिन हाम्रो परम्परा अनुसार चाडपर्व नै हो भन्दा फरक पर्ने छैन । प्रत्येक दिनको बिहानीले नयाँ सूर्यको आगमनसँगै हाम्रो घरदैलोमा कसैको जन्म हुन्छ, कसैको पास्नी हुन्छ, कसैको गुनियोचोली हुन्छ, कसैको ब्रतबन्ध त कसैको विवा ह ोत्सव । कतै देवीदेवताको पर्व हुन्छ भने कतै पितृकार्य, यसरी हरेक दिन प्रत्येक पल चाडपर्व नै चाडपर्व हुन्छन् ।

    सामाजिक ध ा  िर्म क ए व म ् स ा ंस् क ृ ित क क्रियाकलापको सूची तयार गर्दा त वर्षभरीमा दिनको दुईगुना चाडपर्व हुन जान्छन् । जहाँ कामको जिम्मेवारी, सहभागित एवम् उत्साह पनि महिलामा बढी देखिन्छ । नेपालीहरुको महान चाड दशैँ हो । यो राष्टिूय चाड हो । यस पर्वमा नारी पुरुषद्वारा कन्या(नारी) को पूजा गरिन्छ ।

    जस्तै नवदुर्गा(नवरात्री) को पहिलो दिन शैलपुत्रीको, दोस्रो दिन बह्मचारिणीको, तेस्रो दिन चन्द्रघण्टाको, चौथो दिन कुष् म ाण् ड ाको, प ा ँचौ  िद न जगतमाताको, छौट ौं  िदन कात्यायनीको, सातौँ  िदन कालरात्रीको, आठौँ दिन महागौरीको, नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।

    यसरी नौ कन्यालाई नवमीको दिन देवीका रुपमा राष्टूप्रमुखदेखि सर्व साधारण नागरिकले पनि पूजा गरी दक्षिणभेटी, नयाँवस्त्र, मिठो खानेकुरा, फलफूल, कापीकलमजस्ता जस्ता वस्तु दान दिने चलन विद्यमान छ । यो संस्कारले चाडपर्वको महतव उजारगर गर्नुका साथै नारी सम्मानलाई पनि उच्च स्थान दिएको पाइन्छ । यस्तै वैभव लक्ष्मीको पूजा गर्दा शौभाग्यवती (सुहागिन) महिलालाई प्रसाद दिने, शौभाग्य सामग्री दिने चलन छ ।

    यस्तै सन्तोषी माताको पूजा गर्दा होस् कि सत्यनारायणको पूजा गर्दा होस् वा श्रीमद्भागवत पुराण ह ोस् महिलालाई सम्मान गरिन्छ । महिलालाई सम्मान र संस्कृतिमा उच्च स्थान भएझैँ उसको मनोवल र आकांक्षा पनि उच्च नै छन् । यस्ता पर्वमध्ये सुदूरपश्चिमा मनाइने गौरा पर्व पनि एक हो । यो पर्व मानसखण्डको पहिचान हो । यस पर्वमा एक सर्वसाधारण मानवको सुरुवातदेखि जन्म पालनपोषणकर्म आदिसँग सम्बन्धित विषयवस्तुहरुको प्रतिकको रुपमा रुपनारायण र मैना रानीको जीवनगाथा नारी स्वरमा गुञ्जायमान हुन्छ ।

    यस भेगका नारीहरुले यस महागौरव गौरा पर्वको म  िह म ा ग ा थ ा , म ह त् व , विशेषता,फाइदा जस्ता बहुआयामीक पक्षहरु नारीहरुले नै आफ्नो ध रा ेह रका े रु प म ा स ंग ा ल ेर श्रुतिपरम्परामा पुस्ता हस्तान्तरण गरेको इतिहास यस प्रदेशमा सर्वविदित छ ।

    यो पर्व हरेक वर्ष भाद्र महिनामा धार्मिक एवम् सांस्कृतिक परम्पराका रुपमा हर्सोल्लासका साथ मनाइदै आइरहेको छ। भाद्र महनिाको कृष्ण पक्षमा गौरा मनाउँदा अन्यारी गोरा भनिन्छ । पञ्चमी तिथिदेखि अष्ठमीसम्म प्रत्येक तिथिमा अलगअलग विधिले पूजा आराधना गरी नारीप्रधान पर्वका रुपमा चलिआएको छ। यस पर्वमा पनि प्रायः सबै क्रियाकलाप एवम् कार्यहरु महिलाद्वारा सञ्चालित भएको पाइन्छ ।

    पुरुषहरुमा पनि यस पर्वमा सहभागिता अवश्य हुन्छ तर प्रायः गौरा सम्बन्धी सम्पूर्ण कार्य मंगल गायन जस्ता संस्कारद्वारा नै सम्पन्न गर्ने महिला नै ब्रत बस्ने, पूजाअर्चना गर्ने, शुद्ध आचरणमा बस्ने, शाकाहारी एवम् शुद्ध भोजन गर्ने तथा गौराको सुरुवातदेखि अष्ठमीसम्मका सम्पूणक्रियाकलापमा नारीकै प्रमुख भूमिका हुन्छ । यसरी वाषभरी मनाइने सम्पूर्ण पर्वहरमा नारीको नै बढी भूमिका र सङ्लग्नता हुने गर्दछ ।

    समग्रमा भन्नुपर्दा महिला प्रत्येक चाडपर्वमा बढी रमाउने, संलग्न हुने, व्यस्त हुने, पूजिने, पूजागर्ने, सम्पूर्ण सामग्र िजुटाउने, पर्वका सबल र दुर्वल पक्षमा विचार गर्ने छिटो भावुक हुने, संवेदना व्यक्त गर्ने भूमिका निर्वाह गरेको पाइन्छ । यसरी चाँडपर्व र महिलाको धार्मिक, सांस्कृतिक एवम् आध्यात्मिक सम्बन्ध रहेको पाइन्छ ।

    यसरी महिला र चाँडपर्वको विषयमा खोज अनुसन्धान गर्दा हरेक कार्यमा महिलाको भूमिका एवम् जिम्मोरी बढी हुने र सहभागिता भने महलिा र पुरुष दुबैको बराबरी हुने गर्दछ । यस्तै वाषर््भरी मनाइने पर्वमध्ये दीपावली पनि मुखय पर्व हो । यसमा पनि लक्ष्मी नारीको पूजा आराधाना गरी धनधान्यकीदेवीलाई खुशी गरिनछ भने यमद्वितीयाको दिन बहिनीले आफ्ना दाजुभाइलाई मखमली र शयपत्रीको माला लगाइ दाजुभाईको दीर्घायू एवम् सुखसमृद्धिको कामना गरिन्छ ।

    यस पर्वमा पनि महिलाहरुको विशेष भूमिका हुन्छ । पूजा आराधनादेखि दीपावली साँझपख घरमा लगाइने बत्तीको झिलीमीली गर्ने पुष्पमालाले पूजाकोठा एवम् सम्पूर्ण घर सजाउने गाईको पूजा गर्ने , काग र कुकुरको पूजा गर्ने जस्ता परम्परा महिलाहरुले नै निर्वाह गर्दै आइरहेका छन् । 




    प्रतिक्रिया दिनुहोस