शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

स्थानीय खानाका परिकारको प्रवर्द्धनमा विद्यार्थी


पश्चिम प्रेस
बिहीबार , पुस ७ २०७९
  • 697
    Shares

  • images
    images
    स्थानीय खानाका परिकारको प्रवर्द्धनमा विद्यार्थी

    महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर स्थित ब्रिष्टन कलेजले आयोजना गरेको तीन दिने रोजगार मेलामा पश्चिमेली चुलो नामक स्टल छ । 
     जसमा ब्रिष्टन कलेजमा अध्ययनरत पाँच जना विद्यार्थीहरु स्थानीय खानाका परिकारहरुको प्रवर्द्धनमा जुटेका छन । दोस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थी प्रतिक्षा बोहरा,भावना विष्ट,यसोदा चन्द,आर्दश विष्ट र लोचन बोहरा छन । मेलाको सुरुवाती दिन उनीहरुले सुदूरपश्चिमको खानाका परिकारमा सेल र बटुक बनाए । मेला अवलोकन गर्न आउने र विद्यार्थीहरुमाझ उनीहरुले बनाएका सेलरोटी र बटुकको स्वादले लोभ्यायो ।
      मेलाको दोस्रो दिन पनि उनीहरुले बनाएको मकैको रोटी अवलोकनकर्ताको आर्षकणको रुपमा रहेको छ । त्यसैगरी उनीहरुले बनाएको पकौडा र सीमीको स्वाद पनि अवलोकनकर्ताले लिइरहेका छन ।
     “हामीहरुको मुख्य उदेश्य भनेको हाम्रो स्थानीय खानाका परिकारहरुलाई प्रोत्साहन र प्रवद्र्धन गर्नु हो ।” स्थानीय परिकारको प्रवद्र्धनमा जुटेका विद्यार्थी प्रतिक्षा बोहराले भने–“हामीले आफ्नो संस्कृतिको प्रवर्द्धन गर्न जरुरी छ ।” त्यसैगरी उनले पछिल्लो समय विद्यार्थीहरु सामान्य चिया बनाउन समेत नआउने अवस्था सिर्जना भइरहेको भन्दै आफुहरुले स्थानीय परिकारहरु बनाउने र प्रवद्र्धन गर्ने कार्यमा जुटेको बताए ।उनले मेलाको तेस्रो दिन आफुहरुले कोदाको रोटी र अचार बनाउने बताए ।
        ब्रिष्टन कलेजले विद्यार्थीहरुलाई आफू कसरी स्वरोजगार बन्ने र कसरी व्यवसाय सञ्चालन गर्ने त्यसका लागि शिक्षा र सीप विकासका लागि तीनदिने रोजगार मेलाको आयोजना गरेको कलेजका प्रिन्सीपल निशा भट्टले बताए । “कलेजले उत्कृष्ट व्यापारिक योजना भएका १० समुहलाई बिना धितो ,बिना ब्याज केहि रकम प्रदान गरेर विद्यार्थीहरुले चाहेको व्यवसाय सञ्चालनमा सहयोग गरेका छौ ।”उनले भने–“यसले विद्यार्थीहरुको सीप विकासमा महत्वपूर्ण टेवा पुग्ने छ ।”
     तीन दिने मेलामा विद्यार्थीहरुले समुह बनाएर विभिन्न प्रकारका १८ वटा स्टलहरु राखेका छन । सबैजसो स्टलहरुमा स्थानीय उत्पादनलाई प्रोत्साहन गरिएको छ । मेलाले विद्यार्थीलाई व्यवसायीक क्षेत्रमा अवसर खोज्न र आफ्नो क्षमता परीक्षण गर्न सघाउ समेत पुगेको छ । 
      


  • सम्बन्धित विषय:

  • # ब्रिष्टन कलेज
  • # स्थानीय खानाका परिकार
  • प्रतिक्रिया दिनुहोस