बुधबार, चैत १५ गते २०७९ || Mar 29, 2023

सेनाको शिविर र सहयोगले लालझाडीबासी लाभान्वित


पश्चिम प्रेस
सोमबार, पुस ११ २०७९
  • 330
    Shares

  • images
    images
    सेनाको शिविर र सहयोगले लालझाडीबासी लाभान्वित
    images
    images

    महेन्द्रनगर । कञ्चनपुरको लालझाडी गाउँपालिका–२ कसवाका ८६ बर्षीय रन्तु राना स्थानीय शिवशंकर आधारभुत विद्यालयबाट हसिलो अनुसार लिएर घर फर्किदैगर्दा बाटोमा भेटिनुभयो ।
    नेपाली सेनाले दिएको कम्बल हातमा च्यापेर लौरीको सहारामा घर फर्किन लागेका वृद्ध रानाले बस्तीमै सेनाले स्वास्थ्य सेवादेखि असहाय बालबालिकालाई राहतदेखि जेष्ठ नागरिकलाई न्यानो लुगा वितरण गरेपछि सेनाको गुणगान मात्रै गएनन्, जयजयकार पनि गर्नुभयो ।
    “ भौगोलिक रुपमा विकट राना थारु बस्तीमा पनि सेनाले यसरी पनि सहयोग गर्दा रहेछ ।” उहाँले भन्नुभयो–“ सेनाको त देशको सुरक्षासंगै सामाजिक क्षेत्रमा पु¥याएको योगदानले लालझाडीबासी सुखी छन् ।”
    हालसालै दोदा नदीमा पक्की पुल बनेपछि जिल्लाको मुलधारसित स्थलमार्गबाट सहज पहुँच पाएको लालझाडी मुलुकमै कैलाली–कञ्चनपुरमा मात्रै बसोबास रहेको राना थारुको बाहुल्य क्षेत्र पनि हो ।
    भौगोलिक रुपले विकास र स्वास्थ्य, शिक्षा लगायतका सुविधाबाट पछि रहेको सो क्षेत्रमा नेपाली सेनाले सामाजिक उत्तरदायित्व सम्झिदै सोमबार बृहत कार्यक्रम ग¥यो ।

    321075956_572753808016212_1434396517605722653_n.jpg
    undefined
    320582358_1773786976339310_6082082635615111532_n.jpg


    सेनाले यहाँ जेष्ठ नागरिकलाई न्यायो लुगा वितरणका साथै दुई दर्जनबढी असहाय बालबालिकालाई राहत सामाग्री सहयोग गर्नुका साथै यहाँका तीन वटा सामुदायिक विद्यालयलाई फर्निचर, शैक्षिक सामाग्रीका साथै खेलकुद सामाग्री हस्तान्तरण गरेको छ ।
    यहाँ २०५७ सालदेखि महिला स्वास्थ्य स्वयम् सेविकाका रुपमा कार्यरत सवित्रा रानाले आफूले पहिलो पटक सुरक्षा निकायबाट निःशुल्क स्वास्थ्य शिविरदेखि सहयोग भएको देखेको बताउनुभयो ।
    “ बिरामी हुँदा यहाँ एम्बुलेन्स पाउने स्थिती दोदामा पुल आएपछि मुश्किलले बन्यो ।” रानाले भन्नुभयो–“ अहिले सेना नै आएर गाउँमा स्वास्थ्य शिविर लगाएपछि जेष्ठ नागरिकदेखि बालबालिका सम्मलाई स्वास्थ्य उपचारमा निकै राहत मिल्यो ।”
    उहाँले पछिल्लो समय लालझाडीमा स्वास्थ्य संस्था थपिरहेको भएपनि अझै पनि स्थानीयले उपचारका लागि धनगढी र महेन्द्रनगर लगायतका शहरमा जानुपर्ने बाध्यता यथावत रहेको बताउनुभयो ।
    सेनाको निःशुल्क स्वास्थ्य सेवा लिन यहाँका बस्तीहरुबाट स्थानीयहरु बैलगाडा चडेर आएका थिए ।
    यहाँस्थित नेपाली सेनाको श्री नं. २५ बाहिनी अड्डा भगतपुर ब्यारेकको समन्वय र सहकार्यमा आयोजित निःशुल्क स्वास्थ्य शिविर व्यवस्थापनमा श्रीदल गुल्म, सहकार्यमा लालझाडी गाउँपालिका र प्राविधिक सहयोगमा महाकाली प्रादेशिक अस्पताल र स्वास्थ्य कार्यालय कञ्चनपुर रहेको सेनाले जनाएको छ ।
    त्यसैगरी स्वास्थ्य शिविरमा आफ्को आँखा र नातीको नशा सम्वन्धी उपचार गराएका स्थानीय ५३ बर्षीय बन्धु रानाले दुई बर्षदेखि आफू उपचारका जान नसकेका बेला सेनाले आगँनमै आएर उपचार गरिदिएको बताउनुभयो ।
    “ गोरु चराउन जाँदा आँखामा समस्या आएयता गाउँबाट उपचारका लागि आर्थिक अवस्थाले पनि जान सकेको थिएन् ।” रानाले भन्नुभयो–“ आज सेनाको शिविर मेरा लागि बरदान नै भयो ।”
    यता ७० बर्षीय बादल रानाले पहिलो चोटी चिसोयाममा कम्वल पाउँदा हर्षित थिए ।

    320725598_505395188360810_8296984431707620408_n.jpg


    “चिसो बढेसंगै रातभरी छेउमा आगो बालेर सुत्थे ।” रानाले भन्नुभयो–“ अब त कम्वल ओडेर सुत्न पाउने भए ।”
    उहाँले बस्तीका जेष्ठ नागरिकले पहिलो चोटी कम्वल लगायतका न्यानो लुगा पाएको बताउनुभयो ।
    “ बालबालिकाहरुलाई स्कुल डे«स मिलेपनि जेष्ठ नागरिकलाई भने कसैले कपडा दिएको थिएन ।” रानाले भन्नुभयो–“ उपचारसंगै न्यायो लुगा पाउँदा हामी जेष्ठ नागरिक खुसी छौं ।”
    राहत, लुगा, विद्यालयहरुलाई फर्निचर तथा शैक्षिक सामाग्री, असहाय बालबालिकालाई राहतका साथै केही अपाङगता भएका व्यक्तिलाई ह्वलीचेयर र वैशाखी लगायतका सैनिक श्रीमती संघका अध्यक्ष सुनिता शर्माले वितरण गर्नुभएको थियो ।
    यहाँको शिवशंकर आधारभुत विद्यालय, नवोदय आधारभुति विद्यालय, जनचेतना आधारभुत विद्यालयलाई उहाँले फर्निचर, शैक्षिक तथा खेलकुद सामाग्रीका साथै कम्प्युटर लगायतका सामान प्रदान गर्नुभएको हो ।
    यहाँस्थित श्रीदल गुल्मका गुल्मपति सेनानी सुमित श्रेष्ठले बृहत निःशुल्क स्वास्थ्य शिविरबाट सो क्षेत्रका ६४२ जना महिला तथा पुरुष लाभान्वित भएको जानकारी दिनुभयो ।

    321282641_1181611232781409_9190973930852367401_n.jpg


    उहाँले शिविरमा छाला रोग, स्त्रीरोग, बालरोगको विशेषज्ञ सेवाका साथै अन्य स्वास्थ्य सेवा र औषधी उपलब्ध गराइएको बताउनुभयो ।
    उक्त सामाग्री हस्तान्तरण गर्दै संघका सचिब शोभना पौडेलले संघले शितलहर, बाढी पीडित, असाहयलाई सहयोग गर्दै आएको बताउनुभयो ।
    “ सेवा मुलक कार्य विस्तार गर्ने क्रममा यहाँ आइपुगेका हौं ।” उहाँले भन्नुभयो–“ सानो सहयोगले विद्यालय तथा विद्यार्थीको गुणस्तर अभिवृद्धिमा सहयोग पुग्नेमा विश्वस्त छौं ।”
    उहाँले यस्तो सहकार्यबाट सैनिक–नागरिक सम्वन्ध सुधार भई थप उर्जा मिल्नेमा जोड दिनुभयो ।
    त्यसैगरी कार्यक्रममा बोल्दै नेपाली सेनाको सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी बिजय थापाले नेपाली सेना र नागरिकबिचको सम्वन्धलाई अझ प्रगाढ भई जनतासंग नेपाली सेना भन्ने भावनालाई प्रभावकारी बनाउन थप टेवा पुग्ने बताउनुभयो ।
    उहाँले आफ्नो आर्दशको मर्म अनुसार नै स्थापनाकालेदिख सामाजिक कार्य सञ्चालन गर्दै आएको बताउनुभयो ।
    “ स्तरीय स्वास्थ्य सेवाको कमी क्षेत्र, शैक्षिक व्यवस्थापनमा देखिएको अभाव र मानवीय सेवाको पाटोमा सहयोगको ठुलो भूमिका खेली लक्षित जनमुदायमा उल्लेखनीय योगदान पुग्ने आशा गरेको छु ।” उपरथी थापाले भन्नुभयो–“ सहकार्य र व्यवस्थापनका लागि सबैप्रति आभार प्रकट गर्दछु ।”
    सो कार्यक्रममा सहभागी लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल विकास, शिक्षा, स्वास्थ्यको क्षेत्रमा पछि पारेको पालिकामा सेनाले आयोजना गरेको स्वास्थ्य शिविर र विद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरणले निकै सहयोग पुगेको बताउनुभयो ।
    “ सेना आएर यतिधेरै सहयोग गरेर गएपछि अब यहाँका बालबालिकाहरुलाई ज्ञानआर्जनमा सुविधा मिलेको छ ।” उहाँले भन्नुभयो–“ बस्तीका असाहय बालबालिकालाई समेत समेटेको सेनाको पुण्ड काममा चर्चा जति गरेपनि कम हुन्छ ।”
    उहाँले स्रोतसाधन अपुग भएका कारण पनि स्थानीय सरकारले जनभावना अनुसारका सेवामुलक काम गर्ने बताउनुभयो ।

    320646737_3548460188748159_2091521678402266963_n.jpg


  • सम्बन्धित विषय:

  • # नेपाली सेना
  • # लालझाडी
  • प्रतिक्रिया दिनुहोस
    images