मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

बैतडीमा लागुऔषध सहित तीनजना पक्राउ


पश्चिम प्रेस
मंगलबार, माघ १७ २०७९
  • 507
    Shares

  • images
    images

    बैतडी । जिल्लाका तीनस्थानबाट अवैध लागु औषध चरेशको कारोबार गरेको आरोपमा  चरेशसहित तीनजना पक्राउ भएका छन् । आज जिल्लाको सुर्नया गाउँपालिका १ हटैराजका २५ वर्षीय दीपक चन्दलाई १ सय ९९ ग्राम चरेशसहित पक्राउ गरिएको  छ । त्यसैगरी यसअघि आइतबार जिल्लाको दोगडाकेदार गाउँपालिका ७ खोचलेकका ५० वर्षीय बिरसिंह कार्किलाई १०० ग्राम र शनिबार जिल्लाको दशरथचन्द नगरपालिका वडा नं ८ पूजारी गाउँका ५० बर्षीय नारायणसिंह थापालाई २०० सय ८० ग्राम चरेशसहित पक्राउ गरिएको थियो ।
    प्रहरीको बिशेष अप्रेशनमा पक्राउ परेका उनीहरूमाथि लागु औषध मुद्दा दायर गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । लागुऔषध निषन्त्रणका लागि प्रहरीले बिशेष अप्रेशन थालेको बैतडीका प्रहरी प्रमुख,प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभयो।


  • सम्बन्धित विषय:

  • # बैतडी
  • # कानून
  • प्रतिक्रिया दिनुहोस