मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

नाबालिका शोषणमा संलग्न महाकाली बाल अनाथालयका प्रमुख चन्द पक्राउ


पश्चिम प्रेस
मंगलबार, माघ १७ २०७९
  • 2.5K
    Shares

  • images
    images
    नाबालिका  शोषणमा  संलग्न महाकाली बाल अनाथालयका प्रमुख चन्द पक्राउ

    कञ्चनपुरः  कञ्चनपुरमा विगत लामो समयदेखि नाबालिकासँग यौन शोषणमा संलग्न रहेको भन्दै अनाथलयका प्रमुख शंकरबहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको छ।
    लामो समयदेखि अनाथलयमा बस्दै आएका नाबालिकालाई यौन शोषण हुँदै आएको सुचना कञ्चनपुर प्रहरीलाई प्राप्त भएपछि प्रमुख चन्दलाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक चक्रबहादुर शाहले बताए।नाबालिकासँग यौन शोषण हुने गरेको सूचना प्राप्त भएपछि महेन्द्रनगरको महाकाली बाल अनाथालयका प्रमुख चन्दलाई पक्राउ गरिएको उनले बताए।
     अनाथलयका प्रमुखले पहिल्यैदेखि नै बालिकाहरुलाई शोषण गर्दै आएको , एक नाबालिकाले यस्तो कुरा आफ्नो साथीसँग भनेपछि मात्र घटना बाहिर खुल्न आएको  उनले भने।
    अनाथालयमा आश्रित १४,१५ र १६ वर्षीया नाबालिकामाथि करणी गरेको खुल्न आएको छ । आरोपमा चन्दलाई मंगलबार पक्राउ गरिएको र  चन्दलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।


    प्रतिक्रिया दिनुहोस