महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बार अनुसार सेवा दिने भएको छ । कोरोना संक्रमणको जोखिम कायम रहेकाले प्रशासनले आईतबार देखी नागरिकता बनाउन बार अनुसारको सेवा दिन लागेको हो । आईतबा र सोमबार बेदकोट,कृष्णपुर र पुर्नवास नगरपालिका,मङ्गलबार र बुधबार दोधारा चादनी ,शुक्लाफाँटा नगरपालिका र बेल्डाडी गाउँपालिकाले सेवा लिन सक्ने छन । त्यसैगरी बिहिबार र शुक्रबार भीमदत्त,बेलौरी नगरपालिका र लालझाडी गाउँपालिका स्थानीयले सेवा पाउनेछन ।
.gif)