बिहीबार , भदौ ४ गते २०८३ || Aug 20, 2026
  • यो साता चर्चामा :

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओली भेट


पश्चिम प्रेस
बुधबार, माघ १८ २०७९
  • 437
    Shares

  • images
    images
    प्रधानमन्त्री दाहाल र अध्यक्ष ओली भेट

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

     प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको सो भेटमा समसामयिक राजनीतिक विषय, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आगामी फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ । 

     आजै प्रधानमन्त्री दाहालसँग प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले भेटवार्ता गर्नुभएको थियो । भेटमा उहाँहरुबीच बधाई आदानप्रदानका साथै प्रदेश सरकारलाई प्रभावकारी बनाउने विषयमा कुराकानी भएको बताइएको छ । 


  • सम्बन्धित विषय:

  • # पुष्पकमल दाहाल ‘प्रचण्ड’
  • # केपी शर्मा ओली
  • प्रतिक्रिया दिनुहोस