महेन्द्रनगर । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले विधान विपरीत जिल्ला अध्यक्ष तोकेको भन्दै पार्टी कार्यालयमा तालाबन्दी गरेको छ ।
नेपाली कांग्रेस कंचनपुरले कसैसंग छलफल नै नगरी नेविसंघ विद्यार्थिहरुमा भावना विपरित कुनै एक व्यक्तिको नाम सिफारीस गरि केन्द्रिय कार्यालयबाट नेविसंघ अध्यक्षको जिम्मेवारी दिएको गरेको भन्दै पार्टी कार्यालय अगाडी टायर बालेर प्रदर्शन गरेका छन । नेपाली कांग्रेस कंचनपुर र नेविसंघ केन्द्रिय कार्य समितिले २४ घण्टा भित्र गरेको निर्णय बदर गर्न उनीहरुले माग गरेका छन । नेविसंघका पूर्व जिल्ला सह–सचिव कृष्ण पाण्डेयले नेविसंघको विधान विपरीत सामाजिक संजाल अध्यष तोकेको जानकारी पाएकाले विरोध गरिएको बताए ।
अर्का नेविसं नेता शेर विष्टले नेविसंघ केन्द्रिय समिति तदर्थ समिति भएकाले जिल्लामा अधिवशेन गर्न प्रतिनिधि पठाउनु पर्नेमा अध्यक्ष तोकेको बताए । “केन्द्रिय प्रतिनिधि नपठाएपछि जिल्लामा रहेका संघका पूर्व पदाधीकारीहरु लाई सोधेर मात्र दिनेविधानमा व्यवस्था छ ।” उनले भने–“नेविसंघका पूर्व पदाधीकारीहरु संग समन्नय नै नगरी पार्टी कार्यसमितिले एकलौटी व्याक्तिको नाम सिरफारीस गरेको छ ।” उनले नेविसंघ कञ्चनपुरको भावना विपरीत निर्णय गरेको भन्दै जिल्लामा समानान्तर समिति गठन गर्ने चेतावनी समेत दिए ।
.gif)