सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

बेदकोटमा हात्तीको आतंक, किसानको बालीमा नोक्सानी


पश्चिम प्रेस
शुक्रबार, माघ १४ २०७८
  • 586
    Shares

  • images
    images
    बेदकोटमा हात्तीको आतंक, किसानको बालीमा नोक्सानी

    महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका वडा  १० मा हात्तीले किसानहरुको खेतमा नोक्सानी पुगाएको छ । गएराती बस्तीमा आएको हात्तीको बथानले मेसवायर भत्काएर गहुँ बाली , मसुरो बाली, तोरी बालीमा नोक्सानी पुगाएको छ । स्थानीय खेमराज पन्त, तीर्थ राज पन्त, महेश राना, यादव राना, सुरजित राना लगायतका किसानहरुको खेतमा हात्तीको बथानले ब्यापक क्षती गरेको छ । हात्तीले नोक्सान पुगाएको स्थानमा बेदकोटका नगरप्रमुख अशोक कुमार चन्दले स्थलगत अवलोकन गरेका छन ।


    प्रतिक्रिया दिनुहोस